काठमाडौं । सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस खाडिचौर–जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
दोलखा कालिन्चोकबाट काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ८ः१५ तिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बस करिव ५ सय मिटर तल खसेको छ ।
दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ । बसमा ४० जना यात्रु सवार थिए ।
कालिन्चोक मन्दिर दर्शन गरेर फर्किंदै गरेको बस आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । उद्धार कार्य जारी छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।




















