काठमाडौं := नेपाली चलचित्र जगतका चर्चित कलाकार ५८ वर्षीय दीपक क्षेत्रीको शनिबार दु:खद निधन भएको उनका पारिवारिक स्रोतले जानकारी दिइएको छ ।
लामो समय देखि बिरामी परेर थल्ला परेका दिपकको शव अहिले महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।जीवनदान’, ‘सीमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका सयौं फिल्म,टेलिसिरियलहरुमा कलाकार क्षेत्रीले अभियन गरेका छन्।
लामो समय पर्दाबाहिर रहेका उनी पछिल्लो पटक सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए।
कलाकार क्षेत्रीकी श्रीमती र छोरी मलेसियामा रहेका कारण दाहसंस्कार भने आइतबार मात्र गरिनेछ।




















