रामदेव चौधरीको थारु भोजपुरी म्युजिक भिडियो ” लच्के जब कमरिया,बारा हिलेला” युट्युबमा सार्वजनिक

आरएन चौधरी थारु,

कोल्हबी(बारा), थारु गितसंगीत,मोडलिङ,गायकगायिकाको क्षेत्रमा जमेका र जम्न मेहनतको साथ लागिपरेका कलाकार हरुको संख्या ठुलो छ्न । थारु ईन्डस्ट्रीमा कलाकारको संख्या वृद्धि सङ्गै प्रतिस्पर्धा समेत बढीरहेको प्रष्टै देख्न सकिन्छ । प्रतिस्पर्धाकै बिचमा गितसंगीतकै क्षेत्रमा जम्ने प्रयासमा यतिबेला चर्चामा रहेको नाम हुन बारा जिल्ला निवासी गायक रामदेव चौधरी र मोडल राजिव चौधरी ।

गायक रामदेव चौधरी र गायिका अनु चौधरीको स्वर रहेको र मोडल राजिव चौधरी,हट तथा सेक्सी मोडलको रुपमा चिनिन थालिएकी ममता चौधरीले नै अभिनय गरेको केही दिन अगाडी मात्रै सकिएको विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर युट्युबमा रिलिज गरिएको थारु म्युजिक भिडियो “सजनवा हमरो के घुमाई दि गढी के यसो मेला ” को अपार सफलता पछि रामदेवकै स्वर रहेको अर्को थारु भोजपुरी म्युजिक भिडियो ” लच्के जब कमरिया,बारा हिलेला ” बोलको भिडियो युट्युबमा रिलिज गरिएको छ ।

चर्चित नृत्य निर्देशक सावनको निर्देशन,गणेश चौधरीको संगीत रहेको उक्त भिडियोको निर्माण बिनिता पनुहर चौधरीले गरेकी हुन भने छायांकन तथा सम्पादन बिकास गुरुङ,अनिल चौधरीको रहेको छ । राधेश्याम चौधरीको श्रीङ्गार रहेको उक्त भिडियो बि.एस.मेकर स्टुडियो युट्युब च्यानल बाट रिलिज गरिएको हो । भिडियोमा राजिव र ममताको बबाल नृत्य देख्न सकिन्छ ।

https://youtube.com/watch?v=UgZJqoz2GJI%3Ffbclid%3DIwAR3TNyZd0UGirtxAlZ8aXUVCVRYtC1aHrMen6OGWaqpK1DhZ0BThVfPq8l0