नेपाललाई २–१ को अग्रता

काठमाडौं । नेपालले भुटानविरुद्ध पुनः अर्को गोल थपेको छ ।

दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग अन्तर्गत दशरथ रङ्गशालामा जारी नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेलको पहिलो हाफ बराबरीमा सकिएको भएपनि दोस्रो हाफको ५३औं मिनेटमा पुनः अर्को गोल थपेको हो । 

   शुरुआती चरणमा नेपालले अग्रता लिएपनि खेलको ३६ अ‍ैं मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले जवाफी गोल गरेका थिए । खेल शुरु भएको १६ औं मिनेटमा नेपाली खेलाडी अभिषेक रिजालले नेपालको तर्फबाट पहिलो गोल गरेपनि त्यो लामो समय टिक्न सकेको थिएन । 

दशरथ रंगशालामा जारी नेपाल र भुटानबीचको खेलमा नेपालका तर्फबाट ५३ औं मिनेटमा सुनिल बलले गोल गरेका हुन् । यसअघि नेपालकै अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए ।
नेपालका लागि दोस्रो गोल सुनील बलले गरेका हुन् ।