‘मलाई कहिल्यै दुःख लागेन’

मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री करिना कपुर खानले सन् २०१४ को सफल चलचित्र ‘क्वीन’मा आफूलाई अफर आएको बताएकी छन् । ‘क्वीन’मा अभिनय गरेकी कंगना रनौतको भूमिकामा सुरुमा आफूलाई अफर गरिएको खुलासा गरेकी हुन् । 

‘क्वीन’का निर्देशकले उनलाई उक्त चलचित्रमा लिड रोलका लागि अफर गरेको करिना बताउँछिन् । ‘म कहिल्यै पछाडि फर्केर हेर्दिनँ । यदि मैले कुनै फिल्मको अफर रिजेक्ट गरेको छु भने त्यो रोल मलाई मन नपरेर नै हो । त्यसैले मलाई कहिल्यै पनि कुनै फिल्म रिजेक्ट गरेकोमा दुःख लागेन’, उनले भनेकी छन् । करीनाले अहिले आएर पुरानो चलचित्रको विषयमा बोल्नुपर्ने कारण थिएन तर कुराकानीको क्रममा उनले खोलेकी हुन् । 

करिना यही २७ डिसेम्बरमा रिलिजमा आउने चलचित्र ‘गुड न्यूज’को प्रोमोसनमा व्यस्त छिन् । ‘गुड न्यूज’मा करिनासँगै अभिनेता अक्षय कुमारको अभिनय छ ।