श्रीदेवी सम्झाउने जान्हवी

मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री जान्हवी कपुरको चर्चा निकै हुनेगर्छ । बलिउडमा उनले गरेका कामदेखि लगाएको पोशाकसम्म खुवै चर्चा गरिन्छ । यसैबीच अहिले एक तस्वीरको विषयमा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । 

जान्हवीले लगाएको ‘पिंक कलर’को साडीको चर्चा सामाजिक सञ्जालमा गरिएको छ । कतिले उक्त तस्वीरलाई जान्हवीको हट अवतार भनेका छन् । कतिपयले जान्हवीको तस्वीरलाई देखेर अभिनेत्री श्रीदेवीको याद आएको बताएका छन् । अभिनेत्री श्रीदेवीको २४ फ्रेबुवरी, २०१८ मा निधन भएको थियो ।

बलिउडमा छुट्टै छाप बसालेकी श्रीदेवीकै स्थानमा छोरी जान्हवीलाई पनि हेर्न थालिएको छ । उनका प्रशंसकले आमाजस्तै बन्नु भनेको प्रतिक्रिया देखिन्छ । जान्हवीको ‘दोस्त २’ चलचित्र आउनेक्रममा छ ।