बारा:= गढ़िमाइ मन्दिर , बिस्वमा सबै भन्दा बढी बलि दिईने शक्तिपिठ,मन्दिरको रुपमा चर्चित रहेको छ।
किम्बदन्ति अनुसार हत्या अभियोगमा जेल परेका भगवान दास चौधरी थारुले जेलबाट छुटकारा पाएपछि फर्किदा ल्याएकोे त्रिसुल गाढेको स्थानमा अहिले गढिमाई मन्दिर छ ।
तिनै थारुका सन्तानबाट १० औ पुस्ताका मंगल चौधरी हाल मन्दिरका मुल पुजारी रहनुले १७ औं सताव्दी देखि चलेको यो किम्बन्तिले श्रद्धालु , भक्तजनहरुका लागि आस्था र जनविश्वास बढाएको हो ।
जेल घरमा राती निदाएको बेलामा सपनामा आएकी मकवापुरगढीकी तुलजा भवानी अर्थात गढीमाईले मलाई तिम्रो गाउमा लैजाउ, अनि मात्र तिमी जेल मुक्त हुनेछौ र तिम्रा सारा दुःख पीडा समेत हरेर जानेछ । भनेर हत्या अभियोगमा जेलमैं सजाय भोगि रहेका भगवान दास थारुलाई सपनामा दर्शन दिनु भएपछि जेलमुक्त भएका थारुले भवानीले दिएको त्रिशुल बाराको वरियारपुरमा ल्याएर गाढेको किम्वदन्ती छ ।


तिनै थारुका वंशजले त्यसै बेलादेखि गढीमाई मन्दिरको रेखदेंख र पूजाआजा गर्दै आएको बताईन्छ । वरियारपुरमा मन्दिर निर्माण भए पश्चात ७ किमी पुर्वमा पर्ने अर्को शक्तिपिठ सिम्रौनगढ कंकाली मन्दिरमा बलि परम्परा रोकिएको र गढीमाईमा पशु बलिको प्रचलन शुरु गरिएको जनस्तुति पनि पाइन्छ । त्रिशूल गाढिएको स्थानबाट दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर देख्न सकिन्छ ।
मन्दिरबाट पूर्व–दक्षिणतिरको पीपलबोटसँगै ब्रम्ह स्थान छ । तिथि अनुसार मार्ग शुक्ल सप्तमीका दिन मन्दिरका मुल पुजारीले तान्त्रिक विधिद्धारा सेतो मुसा, परेवा, हास, सुङ्गुर र रागा समेतको गरी पन्चवली दिएपछि मन्दिरमा सर्वसाधारणको लागि पनि वली खुल्ला हुने मन्दिरका मुल पुजारी मंगल चौधरीले बताउछन् ।
‘मान्छेको शरिरको ४ अंगबाट रगत चढाईन्छ । जसलाई नर वली भनिन्छ । नर वलिका लागि रौतहट सिम्रीका दुखा धामीले गढिमाईको विशेष पुजा, आराधाना संगै अन्य गढीमाईका मुल पुजारी, पुजारीहरुका साथमा रही आफ्नो शरीरबाट रगत निकाली नर वली स्वरुप रगत चढाउदै आई रहेका छन् ।‘यस अघि रातभर पुजा हुन्छ । पुजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफै बत्ती बल्छ र पञ्चबलि हुन्छ’ । धर्म संस्कृतिमा पशु वलिलाई शक्तिसग जोडेर हेर्ने प्रचलन सदियौदेखि रही आएको छ । शक्तिकी देवीलाई खुसी पार्न वलि अनिवार्य भएको परापूर्वकालदेखि नैं मानिदै आएको छ ।(स्रोत:- सगरमाथा टिभि)




















