मलेसियाले गरे नेपालबाट ३१ हजार २ सय १ जना श्रमिक,कामदारको माग ।

काटमाडौँ:=नेपाली श्रमिक कामदारको लागी प्रमुख गन्तव्यको रुपमा लिईने प्रवास देश मलेसियाद्वारा नेपालबाट ३१ हजार २ सय १ जना कामदारको माग गरिएको छ ।

मंगलबार क्वालालुम्पुरस्थित नेपाली राजदूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

जारी गरिएको विज्ञप्तीमा औद्योगिक क्षेत्रका लागि १७ हजार १ सय १६ जना, सेक्युरिटी गार्डसहितको,सेवा सर्भिस क्षेत्रमा १० हजार १ सय ८३ जना, कृषिक्षेत्रमा १ हजार ४ सय ७५ जना, वृक्षारोपणका लागि १ हजार ३ सय ९७ जना र निर्माण क्षेत्रमा १ हजार ३० जना कामदारको माग भएको बिज्ञप्ति मार्फत जानकारी गराईएको छ ।

लामो समयदेखी रोजगारीको लागी मलेसिया जान बन्द रहेको अवस्थामा गएको अक्टुबर महिनाबाट नेपालले मागपत्र लिन थालेको थियो। सुरुमा मलेसियाको गृह मन्त्रालयबाट मागपत्र स्वीकृत भएपछि मात्रै नेपाली दूतावासमा पुग्ने भएकाले मलेसियाको गृह मन्त्रालयबाट स्वीकृत भएका ३१ हजार २ सय १ जना कामदारको माग प्रमाणीकरण गरी दूतावासले वैदेशिक रोजगार विभागमा पठाईएको छ ।