तिलोचन गौतम क्वालालम्पुर मलेसिया जनउद्धार केन्द्र मलेसियाको सहयोगमा बन्दी जीवन बिताईरहेका तीन जना नेपाली स्वदेश फर्किएका छन् । मलेसियाको पेनाङमा रहेको जुरु डिटेन्सन क्याम्प (घरफिर्ती केन्द्र) मा रहेका तनहुँका अमन गुरुङ, बर्दियाका घनश्याम वाग्ले र गोर्खा का झलक बहादुर बि•क ०३/१२/२०१९ का दिन आज मलिन्डो एअरलाइन्स को साँझ ६.१० को उडान मार्फत स्वदेश फर्किएका हुन।
उनिहरुलाई घरफिर्ती गराउन नेपाली दूतावास मलेसिया, पिडितका आफन्तजन, जनउद्धार केन्द्रका पदाधिकारी हरुले समेत सहयोग गरि स्वदेश फर्किने बाताबरण मिलाएको जनउद्धार केन्द्रका अध्यक्ष केसु थापाले जानकारी दिनुभयो।
अध्यक्ष थापाका अनुसार बर्दियाप्रेम बि क र हेटौंडाका रबि तामाङ्ग सराहनीय सहयोग रहेको र बिदेशी भुमिमा कोहिपनी नेपाली ले जानेर या अन्जान्मा जेल जीवन भोग्नु नपरोस भन्ने आफुहरुको चाहाना अनुसार आफुहरुले आफ्नो तर्फबाट पहलकदमी तथा आर्थिक सहयोग समेत गरेर मलेसिया सरकारले तोकेको सजाय भुक्तान गरि घरफिर्ती केन्द्रमा हवाइ टिकट पर्खाइमा,रहेका आफन्त सङ सम्पर्कमा नरहेका र लामो समय देखि घरफिर्ती केन्द्रमा रहदै आएका नेपाली हरुलाइ फिर्ता गराउने गरेको र एस्लाइ मलेसिया ब्यापी बनाउन आफू र जनउद्धार केन्द्र लागिरहेको बताउनुभयो ।




















