क्षेमाप्रार्थि छु ,,
गल्लि गल्लिमा भोट मागेर निर्बाचन त जित्यौ अब जनताको मन जित्ने कहिले...?
ति तिम्रा बिजयरुपी फूलले घाटिमा माला र निधारमा रातो अविर त लगाईयो तर झुपडिका मजदुर हरु दरबारमा धाउने कहिले ……?
सायद तिमिलाई थाहा छैन होला सडक ,सडक ,गल्लि-गल्लि र चोक चोकमा नाङ्गो शरिर लिएर रात काटेका ति भोका सडक बालबालिकाहरुको पिडा...?
बलिन्धारा आँशु बगाई बिस बर्ष सम्म प्रदेशमा हराएको छोरा घर नअाउदा ति बुढि अामाको पिडा…?
डिग्रि पासको सटिफिकेट दराजमा थन्काउनुको बाध्य किन…?
देशका कर्णधार युवाहरु बैदेशिक रोजगारको खोजिमा किन….?
दश पन्ध्र बर्षका बालबालिका होटलमा भाडा माझ्नुको बाध्य किन …?
उच्च शिक्षाको लागि बिदेश जानुको बाध्यता किन…?
अाखिर कहिले बन्छ समृद्ध नेपाल..?
हत्या, हिँसा ,बलात्कार दमनकार,अत्याचार यि सब जान्दा जान्दै अाखिर सब मौन छौ किन...? के अब महिलाले मुखमा मुकुन्डा लगाएर हिड्नु पर्ने हो...? के अब,कहिले हाम्रो देश नेपालमा हत्यारा र बलत्कारिलाई हिरासदमा लाठि प्रहार बाहेक अन्ने कुनै कडा सजाय हुदैन...? बिजयिरुपि मालाले सजियको तिम्रो गला र अोठको हासोको खुसि पडित जनताको मुहारमा छिटै लेउ सरकार।
[ लेखक :- लेखक सबिता थापा/पाल्पा रिप्दिकोट गाउपालिका ]




















