पोखरा । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पोखरामा आयोजना गरेको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ ।
कास्की–२ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला नजिकै बम विस्फोट भएको हो ।
प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला विस्फोट भएको थियो ।
विस्फोटबाट मानविय क्षति नभए पनि पार्किङ गरि राखेका सवारी साधनमा भने क्षति पुगेको छ ।
आयोजित चुनावी सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु वामदेव गौतम, सुवाचन्द्र नेम्वाङ, काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतको सहभागिता रहेको छ ।
प्रतिकात्मक तस्वीर



















