तिलोचन गौतम २७ नोवेम्बर क्वालालम्पुर । वैदेशिक रोजगारीको सिलसिलामा दुइ वर्ष अगाडि मलेसियाको स्पेसल स्क्वाड सिक्युरिटी कम्पनीमा आएका इलाम पशुपति नगर स्थाइ ठेगाना भएका सन्तोष बराइली दुइ वर्ष पुरा गरि तेस्रो वर्षको मेडिकल चाज सकिए लगतै अचानक मानसिक सन्तुलन गुमाउन पुगेका थिए ।
मानसिक सन्तुलन गुमाए संङै कार्यरत कम्पनी छोडेर हिडेर सम्पर्क बिहिन भए । मलेसियामै कार्यरत सन्तोषका दाजु बिष्णु सुनवार ले खोजिगरी उद्दार गरि नेपाल फर्काइन नेपाली मजदुर एकता केन्द्र लाइ अनुरोध गरेपछि मलेसियाको जोहोर बारुमा अलपत्र अवस्थामा नेपाली मजदुर एकता केन्द्रका सचीव प्रेम बहादुर शाहीले २ नोवेम्बरमा जोहोर बारु स्थित बाटोमा अलपत्र अवस्थामा फेला पारेका थिए ।

दाइको सहयोगमा नेपाली राजदुतावास क्वालालम्पुर मलेसिया ल्याइएका उनि नेपाली राजदुतावास मलेसियाका दित्तिय सचिब महेश्वर मणि त्रीपाठिको विशेष पहलमा आवश्यक उपचार सहित चाडै स्वदेश फर्काउन भनी उनि कार्यरत कम्पनी लाइ जिम्मा लगाइएको भए पनि तेस्को केहि दिनमा पुन सम्पर्क बिहिन भएका उनि तत्काल खोजी गरि पीडित लाइ स्वदेश फर्काउन नेपाली राजदुतावास मलेसियाकि श्रम सहचारी सनमाया रम्तेल ले कम्पनी लाइ अल्टिमेटम दिए संगै कम्पनी ले पीडितलाइ खोजी गरि दूतावासमा उपस्थित गराइ आज मालिण्डो एयरलाइन्स बाट मलेसियाको स्थानीय समय अनुसार आज बिहान 09:50 को फ्लाइट मा नेपाल फिर्ता गरिएको छ।
पीडित लाइ स्वदेश फर्काउन संस्थाको तर्फबाट संस्थाका सचीव प्रेम बहादुर साही र महासचिव दिलिप भट्टराईको महत्त्वपूर्ण भुमिका रहेकोे एकता केन्द्रका अध्यक्ष तेज बहादुर कार्कीले बर्दिया टाइगर डटकम लाइ बताउनु भएको छ यतिबेला मजदुर एकता केन्द्र मलेसिया मजदुरका माझ निकै लोकप्रीय संस्थाको रूपमा चिनिदै आएको छ ।


















