मुम्बई । अभिनेत्री प्रियंका चोपडा हालै गरिएको एक सर्वेले उनी भारतको मात्रै नभएर संसारकै फेवरेट सेलिब्रेटी सावित भएकी छन् । उक्त सर्वेमार्फत प्रियंका टप भारतीय अभिनेत्री सावित भएकी छन् । सर्वेमा अक्टुबर २०१८ देखि अक्टुबर २०१९ सम्मको समयावधिलाई समेटेको छ । रिर्पोटको अनुसार २०१९ मा अभिनेत्री प्रियंका चोपडालाई २.७४ मिलियन पटक सर्च गरिएको छ । नवभारत टाइम्सका अनुसार अभिनेत्रीमा प्रियंका पछि दीपिका पादुकोण र तेस्रोमा सनी लियोनी परेकी छन् । यस्तै सलमानलाई भने अक्टुबर २०१९ मा १.८३ मिलियन पटक सर्च गरिएको छ । सलमानपछि दोस्रो स्थानमा शाहरूख खान र तेस्रो स्थानमा अमरिस पुरी परेका छन् । तर अभिनेता र अभिनेत्री दुवैको तुलना गर्दा प्रियंका चोपडा सलमान र शाहरूखभन्दा अघि देखिएकी छन् ।




















