काठमाडौं:= नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालबाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका अजयवावु सिवाकोटीलाई प्रदान गरिएको छ।
हाम्रा कुरा डटकमका संस्थापक प्रधानसम्पादकका रुपमा काम गरिरहेका सिवाकोटीले एक महिलामाथि यौन दुव्र्यवहार गर्ने,जबर्जस्ति कारणी गर्ने निवर्तमान सभामुख कृष्ण वहादुर महराको बारे समाचार पहिलो पटक प्रकाशन गरि सार्वजनिक गरेको थियो।
यो पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको छ। ईन्जा एशिया च्याप्टरले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच पत्रकार शिवाकोटीलाई उक्त पुरस्कारले सम्मान गरेको हो । मानवअधिकारकर्मी कृष्ण पहाडी, इञ्जा एसियाका अध्यक्ष एवं पत्रकार टंक पन्त र पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले उनलाई एक हजार डलरसहित प्रशंसापत्र हस्तान्तरण गरेका हुन् ।
सम्मानित हुँदै शिवाकोटीले पुरस्कारले आफूलाई थप जिम्मेवार हुन,अगाडी बढ्न प्रेरित गरेको बताए। उनले पाएको एक हजार अमेरिकी डलर राशीको पुरस्कार मध्येबाट २५ हजार नेपाली रुपैयाँ बोनम्यारो ट्रान्सप्लान्टकाे क्रममा शुक्रबार मृत्यु भएका सुर्खेतका युवा पत्रकार डिलप्रसाद शर्माको परिवारलाई हस्तान्तरण गर्ने जानकारी दिए।
नेपाली पत्रकारिताको इतिहासमा सत्य र तथ्यमा आधारित भएर यस्ता साहसी समाचारहरू विरलै प्रकाशित भएको भन्दै ईन्जाले सम्मान गर्न चाहेको र यस्ता समाचार कानुनी राज्यको व्यवस्थापनमा थप वल पुर्याउनेछ भन्ने विश्वास राख्दै शिवाकोटीलाई यस् वर्षको पुरस्कार प्रदान गरेको ईन्जाले बताए ।
भर्खरै
मलेसियामा रास्वपा सांसद डा. तोसिमा कार्की र प्रवास शाखाबीच भेटघाट सम्पन्न।
मलेसिया(मलेसिया):= एसिया–प्यासिफिक एन्ड सेन्ट्रल एसियाका ३० देशका सांसदहरूको सम्मेलन (AFPPD Conference) मा सहभागी हुन मलेसिया आउनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य माननीय डा....
अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको जकार्ताका २०९ हवाई उडान प्रभावित।
जकार्ता (इन्डोनेसिया):= इन्डोनेसियाको सक्रिय अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि निस्किएको ज्वालामुखीय खरानीका कारण राजधानी जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा प्रभावित भएको छ। विमानस्थलको सञ्चालन अस्थायी...
सेप्टेम्बर १२ र १३ तारिख मलेसियाली संसदको भवन निःशुल्क घुम्न पाउने।
क्वालालम्पुर(मलेसिया):= मलेसियाली संसदको ६७औँ वर्षगाँठको अवसरमा आगामी सेप्टेम्बर १२ र १३ तारिख ‘ओपन डे २०२६’ आयोजना हुने भएको छ। विशेष कार्यक्रमअन्तर्गत मलेसियामा रहेका स्थानीय सर्वसाधारणसँगै...
राष्ट्रिय महिला फुटबल खेलाडी बस्नेत,थोकर र भुजेललाईआरटिएफसी मलेसियाको स्वागत तथा बधाई।
क्वालालम्पुर (मलेसिया):= मलेसियाको राष्ट्रिय महिला फुटबल लिग ‘लिगा वनिता नासिओनाल’ मा उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरू अनिता बस्नेत, निशा थोकर...
विदेशी कामदारको आवास ठेगाना अब Fomema को सिस्टममा अनिवार्य भर्नुपर्ने।
क्वालालम्पुर (मलेसिया):= मलेसियामा विदेशी कामदारको मेडिकल परीक्षण दर्ता प्रक्रियामा नयाँ नियम लागू हुने भएको छ। सेप्टेम्बर ७, २०२६ सोमबारदेखि रोजगारदाता तथा प्यानल एजेन्सीले प्रत्येक...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...

















