कुलदिप चौधरी,,
कार्तिक २३ गते सनिवार। नेपाल पशु पंक्षि औषधि व्यवसायी कोशी शाखाले चौथो अधिवेशन बाट सर्वसहमत र निर्बिरोधमा १३ नयाँ कार्यसमिती चयन गरेका छन। सनिवार इटहरिकाे पार्टी प्यालेसमा भएको यस सभाले भबियताको साथ सो कार्यक्रम सम्पन्न गरेको हो।
अध्यक्षमा पुष्प दहाल,उपाध्यक्षमा अर्जुन आचार्य , सचिबमा केशव लामिछाने, स. सचिवमा तुलसा कुमारी करेल , कोषाअध्यक्ष दीपेन्द्र खतिवडा , सदस्यहरुमा सर्वेस अधिकारी, दिपक रिजाल, लेखनाथ सुवेदी ( अनुप) , सुम राणा , गिता बराल, धुनडि ढकाल, केशब दहाल, मदन लामिछाने रहेका छन । नेपाल पशुपंक्षि औषधि व्यवसायीका केन्द्रिय अध्यक्ष चित्र गुरुङ्गले विधि पुर्वक सो कार्यक्रमको सम उद्घाटन गर्नु भएको थियो। कार्यक्रममा बोल्दै गुरुङ्ग्ले अबका दिनहरुमा पशु औषधि ब्यवसायी कर्मिहरुले एक जुटभइ ब्यबसायिमा देखा परेका समस्याहरुलाइ समाधान गरि पशुपालक कृषकहरु सरल सुलभ तरिकाले औषधिहरु उपलब्ध गराउने जिकिर गर्नु भयो। औषधि जस्तो सम्बेदन शिल बस्तुमा अनावश्यक कर निकमा सरकारले लगाएर पशु पालक कृषकहरुमा मनोबल घटाएर कृषि पेशामा चुनौती रहेको बताउनु भयो।
कोशी शाखा अध्यक्ष विषनु निरौलाको अध्यक्षतामा सम्पन्न भए को कार्यक्रममा व्यवासायी प्रती योगदान दिएका व्याक्तिहरुलाइ सम्मान गरेको थियो। ३ निर्वाचन मनडलि सागर तिमिलसेना , रामबचन यादव र सरोज श्रेष्ठ लगयत ले निसपक्ष नि स्वार्थ भावनाले सो नयाँ कार्य समिती चयन गर्न सफल भएका थिए ।
कार्यक्रममा प्रदेस १ का अध्यक्ष उज्ज्वल भराटइ , केन्द्रिय सदस्य तथा पुर्व अध्यक्ष ऋषि वचन यादव , केन्द्रिय सदस्य दिल कुमार लामिछाने लगायत बिशिस्ट ब्याक्तित्व हरुले नयाँ कार्य समितिहरुलाई अविर फुल माला अविर लगायेर कार्यकालको शुभकामना दिएका थिए
मलेसिया(मलेसिया):= एसिया–प्यासिफिक एन्ड सेन्ट्रल एसियाका ३० देशका सांसदहरूको सम्मेलन (AFPPD Conference) मा सहभागी हुन मलेसिया आउनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य माननीय डा....
जकार्ता (इन्डोनेसिया):= इन्डोनेसियाको सक्रिय अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि निस्किएको ज्वालामुखीय खरानीका कारण राजधानी जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा प्रभावित भएको छ। विमानस्थलको सञ्चालन अस्थायी...
क्वालालम्पुर(मलेसिया):= मलेसियाली संसदको ६७औँ वर्षगाँठको अवसरमा आगामी सेप्टेम्बर १२ र १३ तारिख ‘ओपन डे २०२६’ आयोजना हुने भएको छ। विशेष कार्यक्रमअन्तर्गत मलेसियामा रहेका स्थानीय सर्वसाधारणसँगै...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको राष्ट्रिय महिला फुटबल लिग ‘लिगा वनिता नासिओनाल’ मा उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरू अनिता बस्नेत, निशा थोकर...
क्वालालम्पुर (मलेसिया):= मलेसियामा विदेशी कामदारको मेडिकल परीक्षण दर्ता प्रक्रियामा नयाँ नियम लागू हुने भएको छ। सेप्टेम्बर ७, २०२६ सोमबारदेखि रोजगारदाता तथा प्यानल एजेन्सीले प्रत्येक...