प्रधानमन्त्री सचिवालय फेरिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्य फेरिने भएका छन् । 

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेको एकथरीले बताइरहेका बेला अर्कोथरीले भने सचिवालय सदस्यको काम चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री ओलीले आफ्नो सचिवालय हेरफेर गर्न लागेको बताइरहेका छन् । 

यसका लागि प्रधानमन्त्रीले सचिवालयका सवैलाई राजिनामा गर्न भनेका छन् । प्रधानमन्त्री सचिवालयको प्रमुख सल्लाहकारमा विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, राजेश बज्राचार्यलगायत छन् ।

सचिवालयका एक सदस्यले भने, ‘मंसिरबाट लागू हुने गरी स्वच्छिक रुपमा राजीनामा दिन लागिएको हो ।’