अभिनेत्री सिर्जना सुब्बा गर्भाअवस्थाका हट तस्बिर सहित भाईरल ।

काठमाडौं:= नेपाली सिने जगतकी अभिनेत्री सिर्जना सुब्बा आमा बन्न अब केही दिनमात्रै बाँकी छन् । पहिलो सन्तानको प्रतीक्षामा घरमै आराम गरिरहेकी उनले गर्भावस्थाको विशेष फोटासुट समाजिक संजालमा सार्वजनिक गरे सङ्गै भाईरल भैईरहेकी छ्न।

प्रकृतिसँग फेसनको समायोजनमा आफ्नो अवस्था झल्काएकी हुन्। प्रकृतिले नारीलाई आमा बन्न पाउने अवसर दिएकोप्रति गर्व गर्दै विभिन्न पोजमा तस्बिर खिचिएको उनले बताइन्। भनिन्, ‘धेरैको मुखबाट सन्तान जन्माउनु परेका कारण आफू करियरमा पछि परेको सुन्ने गरेकी छु। तर, मलाई प्रकृतिले विभेद गर्छ जस्तो लाग्दैन। बरु यो नारीलाई दिएको अवसर हो।’ आफ्नै सम्झनाका लागि खिचिएका तस्बिर सार्वजनिक गर्नुका उद्देश्य भने नेपाली समाजमा रहेको संकीर्ण सोचलाई हटाउन सघाउनु पनि रहेको उनी बताउँछिन्। ‘सकेसम्म गर्भावस्थाका बारेमा अरुले थाहा नपाओस् लुकाउन खोज्ने गरिन्छ। तर, यो थाहा हुनुपर्छ । यो विशेष अवस्था हो,’ उनले भनिन्।

(अभिनास मास्के र क्लु जैनको लेन्समा तेह्रथुमे ढाँका बुटिकका पहिरनसहित सिर्जनाको गर्भवती ग्ल्यामर हेर्नुहोस्:)

सेलिब्रिटी संसारमा त अझ विवाह, गर्भावस्था र सन्तानका बारेमा समेत लुकाउने प्रचलन छ। यी विषयमा अरुले थाहा पाउँदा करियर असर पुग्ने मानसिकता छ। सिर्जना भन्छिन्, ‘त्यो भ्रमलाई चिर्न पनि मैले गर्भावस्थाको तस्बिर खिचाएर सार्वजनिक गर्न चाहेकी हुँ।’गर्भावस्थामै रंगमञ्चमा समेत देखिएकी उनी प्रकृतिले दिएको अवसरमा उत्सव मनाउनुपर्ने बताउँछिन् । भन्छिन्, ‘यो चाहेर आउने समय होइन। त्यसैले यो समयलाई उत्सवका रुपमा मनाउनुपर्छ।’