नेपाल दूतावास मलेसिया र ग्लोबल राष्ट्रिय समिति मलेसियाद्वारा अलपत्र परेका नेपालीको उद्दार ।

क्वालालम्पुर(मलेसिया):= मलेसियामा अलपत्र परेका एक नेपालीलाई हामी नेपाली ग्लोबल राष्ट्रिय समिति मलेसिया र नेपाल दूतावास मलेसियाको संयुक्त सहयोगमा हवाई टिकट समेत काट्ने पैसा नभएर अलपत्र परेका नेपालीलाई उद्धार गरी सुरक्षित साथ नेपाल पठाइएको छ।

सिरहा जिल्ला असन्पुर गा.बि.स वडा नं.१ निबासी सिवा सदाको छोरा सत्रोहन सदालाई संस्थाका बोर्ड निर्देशक प्रकाश पोखरेल लगायत सदस्यहरूले नेपाल पठाइएको हामी नेपाली ग्लोबल राष्ट्रिय समिति मलेसियाको सचिब नुर प्रसाद तिमल्सिना (नवीन ) ले जानकारी दिनु भयो ।

विगत २०१३ मा वैदेशिक रोजगारी को लागि मलेसिया मा रहेको वाङ हाङ पिङ नामक चाइनिज कम्पनीमा काम गर्न पुगेको थियो “उनले भन्छन- अफु काम गरेको कम्पनीबाट भनेको जस्तो तलब नपाए पछि ३ बर्षको करार अवधी सके पनि घर को आर्थिक अवस्थ भने जस्ता का तस्तै रहेको हुनाले इलिगाल भइ काम गर्न थलेको हो। २०१७ देखी इलिगाल अवस्थमा मलेसियामा कार्यरत रहेको सदाले धेरै दुख र कष्ट पुर्ण जिबन बिताउदै आएको थियो” भने उनले इलिगल भइ काम खोज्दै काम गर्दा मालिक ले तलब नदिने ,साथी भाई बाट अबिस्वास्निय हुने भइ सडकको सिढी सुत्न बध्य भएको थियो।

हामी नेपाली ग्लोबल मलेसियाले बेवारिसे भएको स्थानबाट उद्धार गरी अलपत्र र बिरामी परेका सदालाई लगाउने कपडा , उपचार औषधी खर्च -Rm 275 , होटल व्यवस्थापन rm .200, जोहोर देखि दूतावास सम्म पुर्याउदा लागेको खर्च .rm.100, हवाईजहाज टिकट rm .920 र त्रिभुवन बिमान स्थल देखि बिरामीको घर सिरहा सम्म लाग्ने बस भाडा खर्च rm .200 समेत गरी जम्मा rm 2,555 लागेको थियो भने नेपाल दूतावासले इलिगल भएको जरिवाना rm .700 र ट्राभल डकुमेन्टको लागि Rm 160 सहयोग गरेको छ।

नेपाल दूतावास बाट प्रत्येक्ष रुपमा सहयोग गर्नु हुने महेश त्रिपाठी र हामी नेपाली ग्लोबल मलेसिया सचिब नुर प्रसाद तिमल्सिना( नवीन ) बोर्ड निर्देशक प्रकाश पोखरेल लगायत सहयोगी हातहरुलाई यसै संस्थाको महासचिव मिलन दोङले विशेष धन्यवाद दिए।