आरएन चौधरी थारु,,क्वालालम्पुर (मलेसिया):= मलेसियामा बिगत ६ बर्ष देखि कार्यरत सन्देश कार्की यतिबेला बिरामी परेर अस्पतालमा छ्टपटाईरहेका छ्न।
मलेसियाको सेलाङ्गर राज्यमा अवस्थित ROSSI Designe Marketing Sdn Bhd नामक कम्पनीमा गोर्खाज एसोसियट प्राइभेट लिमिटेड नामक म्यानपावरबाट आई बैधानिक रुपमै काम गर्दै आईरहेका दैलेख जिल्ला चामुन्डा बिन्द्राशैनी नगरपालिका ५ का स्थायी निवासी सन्देश कार्की गत अक्टोबर ६ तारिख अकस्मात् बिरामी परेका थिए ।

बिरामी परे लगतै उनलाई सुङ्गाईबुलो अस्पतालमा उपचारको लागी आईसियुमा भर्ना गरिइएको थियो , तर आईसियुमा राखेर उपचार गर्दा खर्च महङ्गो पर्ने हुनाले कार्की कार्यरत कम्पनीले उपचारमा सघाउन आनाकानी गर्न थाले , त्यसपछि डाक्टरले अहिले जेनेरल वार्डमा राखेर उपचार गरिराखेको भएपनि डाक्टरकै भनाई अनुसार उपचारमा कम्पनीले चासो नदेखाएकोले बिरामीको ज्यान जान सक्ने खतरा बढेको बढाए ।


यता बिरामी कार्कीको उपचारमा सघाउन अथवा यता मलेसियामा उपचारको सम्भावना कम भए सकुशल नेपाल् फिर्ता गराईदिनु हुन नेपाली राजदुतावास मलेसियामा नेपाल् देखी वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा पत्राचार गरिएको छ , तर दूतावासले यश बिषयमा खासै चासो नदिइएको , लापरबाही गरिराखेको पारिवारिक क्ष्रोतको भनाई रहेको छ।
हाल बिरामीको अवस्था एकदमै नाजुक रहेको र अहिले सम्म पनि होसमा नआएको अस्पतालमा पुगि भेट गरेर फर्केका प्रत्यक्षदर्शीले जानकारी गराउनु भयो।



















