काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति विभिन्न देशमा रहेका हिन्दू धर्मालम्बीका लागि भाइटीकाको छुट्टाछुट्टै साइत तोकेको छ ।
समितिको कार्तिक ३ गते बसेको बैठकले उक्त देशको समय अनुसार भाइलाई टीका लगाउने साइतको समय समितिले निर्धारण गरेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य सचिव सन्तोष वाशिष्ठले बताए ।
यसले रोजगारका शिलशिलामा विभिन्न देशमा रहेका नेपालीहरुलाई सहयोग पुग्ने उनको भनाइ थियो । मान्छेको बसोवासको आधारमा अक्षांश– देशान्तर, चर आदिलाई तिथि, घडीपलाका आधारमा सूर्यको उदयबाट गणना गरेर त्यो स्थानमा बसोवास गर्ने मानिसले लगाउने टीकाको साइत निर्धारण हुने वाशिष्ठले बताए । अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका बुद्धिजिवीको समूहले करिव एक हप्ताको समय खर्चेर देश,स्थान अनुसारको शुभ साइत निकालिएको उनले जानकारी दिए ।
जस अनुसार यसपालिको भाईटीका लगाउने शुभ साइत काठमाडौ अर्थात नेपालमा कार्तिक १२ गते विहान ११ : ५५ बजे शुभ साइत निर्धारण गरिएको छ भने अमेरिकाको न्यूयोर्कमा कार्तिक १२ अर्थात अक्टोबर २९ दिनको १२ : ५१मा शुभ साइत रहने जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरि कतार तथा क्यानडामा विहान ११ : १५ बजे नै भाइटीकाको शुभ साइत निर्धारण गरिएको छ । जुन नेपालको शुभ साइत भन्दा अगाडि हो ।
कुन देशमा कुन समय उत्तम साइत हेर्नुहोस्





















