अधिकारमा जोड दिदै पिछडा बर्ग रामधुनी नगर समितिको शुभकामना आदान प्रदान ।
सुनिल चौधरी,,
झुम्का:= समन्बय,सहकार्य र अधिकारमा जोड दिदै पिछडा बर्ग (ओबिसि)रामधुनी नगर समितिले चाँडपर्वको अवसरमा सोमवार शुभकामना आदान प्रदान सम्पन्न गरेको छ । राज्यको हरेक सुबिधाबाट बञ्चित रहेको पिछडा बर्गहरुलाई राज्यले समन्बय र सहकार्य मार्फत अधिकार सम्पन्न बनाउनु पर्नेमा बक्ताहरुले जोड दिएका थिए ।
राज्यले पिछडा बर्गहरु संग बिभिन्न समयमा गरिएको समझौताको कार्यन्बयन गर्नु पर्ने माग गरेका छन् । पिछडाबर्गहरुलाई शसक्तिकरण र राज्यको मुलधारमा ल्याउन गरिएको समझौता यथासिघ्र कार्यन्व्यनमा ल्याउनु पर्नेमा जोड दिएका हुन । पिछडा बर्गहरुलाई राजनितिकदलहरुले स्थान नदिएको भन्दै नेतृत्वतहमा पुग्नबाट रोक्ने, उनीहरुमाथि पछाडी पार्ने जस्ता खेलहरु हुने गरेको भनाईहरु दर्शाएका थिए । पिछडा बर्गहरुमा पनि महिलाहरु अधिकारमा सिमित रहेकोले अगाडी बढाउन राज्यबाट पहल हुनुपर्नेमा उठान गरेका थिए ।
नगर समिति अध्यक्ष राजु शाहको सभापतित्वमा शुभकामना आदान प्रदान कार्यक्रम प्रतिनिधि सांसद सिताराम मेहताको प्रमुख आतिथ्यतामा भएको हो । प्रतिनिधि सांसद मेहताले मन्तब्य राख्दै पिछडा बर्गहरुमाथि राजनितिकरण भईरहेको दाबि गर्नु भयो । पिछडा बर्गको खोल ओढेर समितिमा बसेकाहरु स्वार्थ पुर्ण रुपले लागेकाले अधिकारबाट बञ्चित भईरहेको बताउनु भयो । अबका दिनहरुमा पिछडा बर्गहरुले पिछडा भन्दा माथि उठ्नु पर्ने मेहताले धारणा राख्नु भयो । अधिकारकालागी डटेर, भिडेर, खोसेर लिनु पर्ने भएकोले अडिग भएर लाग्न सुझाव दिदै चाँडपर्वको अवसरमा शुभकामना ब्यक्त गर्नु भयो ।
रामधुनी वडा नं. १ स्थित नगर समितिको निर्माणाधिन सामुदायिक भवन अगाडी कार्यक्रम गरेका थिए । सो भवन पिछडा बर्गको अधिराज्य भरिमै पहिलो भवन निर्माण हुन लागेको हो । भवन पुर्णरुप दिन सहयोगको आवश्यक्ता रहेकोले कार्यक्रमबाट सहयोगको अपेक्षा गरिएको थियो । भवन निर्माणमा प्रतिनिधि सांसद मेहताले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।
भवन निर्माण ठोस कार्य भएको भन्दै नगरपालिकाबाट आएको सहयोग पिछडा बर्गले सहि सदुपयोग गरेको रामधुनी ५ नं. वडाका वडाअधयक्ष डेगराज फुयालले बताउनु भयो । यसले पिछडाबर्गहरु रामधुनी नगरकैलागी उदाहरणीय कार्यगरी देखाएको फुयालले मन्तब्य राख्दै शुभकामना ब्यक्त गर्नु भयो । चाँडपर्वमा खर्चिलो नगरी आफुले सकेअनुसारलेनै मनाउनु पर्ने समेत उहाले धारणा राख्नु भयो । कसैको देखासिकीले सोहि अनुसार खर्च गर्न नहुने सुझाव राख्नु भएको हो।
कार्यक्रममा नगर सभापति शाहले नगरपालिका र पिछडा बर्गको रकमले १० धुर जग्गा खरिदगरी एक तल्ले भवन निर्माण गर्नलागेको जानकारी दिए । नगर समितिले पिछडाबर्ग शसक्तिकरणकालागी बिभिन्न आयमुलक तालिमहरु सञ्चालन गरेको जानकारी दिनु भयो । कार्यक्रममा ओबिसि प्रदेश प्रतिनिधि कृष्ण यादव,नेकपा रामधुनी अध्यक्ष राम कोईराला, रामधुनी वडा नं. १ वडा सदस्य देवराज पोख्रेल,मुस्लिम समुदायबाट अब्दुल हाफिज, थारु महिला उत्थान समाज सुनसरीकी अध्यक्ष सिता थरुनी, राजकुमार चौधरी,जितेन्द्र शाह,भोला रौनियारले शुभकामना मन्तब्य राख्नु भएको थियो ।


















