काठमाडौं:= धमाधम बिशिस्ट पदमा रहेका पावरफुल व्यक्तिहरु पक्राउ पर्न थालेपछि अन्य पार्टीका नेता,मन्त्रीहरुसमेत त्रसित भएका छन्। प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु यतिबेला डराएका छन्।
गृहमन्त्रीका भाइदेखि सभामुख कृष्णबहादुर महरासम्म प्रहरी फन्दामा परिसकेका छन्। यसले अपराधमा संलग्न अन्य नेताहरुलाई पनि त्रसित बनाएको छ्न। विगतमा चलखेल र पावरको आडमा दबाबका भरमा लुकाइएका धेरै घटनाहरुको फाइल पल्टाउने अहिले प्रहरीको तयारी रहेको छ । रौतहटको १२ वर्षअघिको घटनामा कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेपछि रौतहटकै अन्य पुराना घटनाको अनुसन्धानको दबाब प्रहरीमाथि परेको छ। यसरी पुराना घटनाको अनुसन्धान भएमा सरकारका उपप्रधानमन्त्रीकै पद समेत खुस्कने निश्चित छ।
हाल सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री उपेन्द्र यादवविरुद्ध परेको जाहेरी जिल्ला अदालत रौटहटमै १३ वर्षदेखि विचाराधीन रहेको समाचार दृष्टि साप्ताहिकले प्रकाशन गरेको छ। ७ चैत्र २०६३ मा गौर नरसंहार भएको थियो। जसमा २७ जना माओावदी कार्यकर्ताको विभत्स हत्या भएको थियो। माओवादी कार्यकर्ताहरुलाइ लखेटी लखेटी विभत्स ढंगले हत्या भएको थियो। त्यो घटनामा तत्कालीन मधेशी जनाधिकार फोरमका नेता यादव विरुद्ध मृतकका परिवारले उजुरी दिएका थिए।
तर अहिलेसम्म त्यो घटनाको अनुसन्धान प्रहरीले गरेको छैन। आलमलाई पक्राउ गरेपछि यादवलाई पनि पक्राउ गरी कारबाही गर्न गौर हत्या काण्डका पीडितहरु प्रहरीमा जान थालेको स्रोतले बताए ।
नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो केवल नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन। यो नेपाली कांग्रेसले आगामी दिनमा...
क्वालालम्पुर (मलेसिया):= मलेसियामा ‘फोहोर, जोखिमपूर्ण र कठिन’ अर्थात् ३डी (Dirty, Dangerous and Difficult) क्षेत्रमा हजारौँ रोजगारीका अवसर उपलब्ध भए पनि स्थानीय श्रमिकको आकर्षण अत्यन्तै न्यून...
क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले यहाँ कार्यरत श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाएको छ। हाल लागू रहेको एक हजार सात सय रिङ्गिट...
पेनाङ(मलेसिया):= मलेसियाको पेनाङ राज्य सरकारले विदेशी कामदारहरूको आवास व्यवस्थापनलाई थप व्यवस्थित र नियमन गर्न नयाँ निर्देशिका जारी गरेको छ। नयाँ नियमअनुसार १ सेप्टेम्बर २०२६...