NRNA जोहोर राज्य समितीद्वारा बर्दियाका मृगौला पीडित लाई आर्थिक सहयोग।

गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया जोहोर बारु क्षेत्रीय समितिले बर्दिया जिल्ला राजापुर नगरपालिका निवासी मृगौला पीडित बिरामी शेखर काफ्लेलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

मलेसिया स्थित जोहोरबारु राज्यको विभिन्न क्षेत्रमा कार्यरत हजारौं नेपाली श्रमिक का समस्या लाई मध्यनजर गर्दै समस्यामा परेका नेपाली श्रमिकहरुका समस्या लाई तत्काल दूतावास सम्म पुर्याउन र जस्तोसुकै समस्या भए पनि समाधान को मुर्तरुप दिने उद्देश्य लिएर केही समय अगाडी मात्रै गैर आवासीय नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समिति परिवारले NRNA जोहोर सम्पर्क कार्यालय उद्धघाटन सभा कार्यक्रम गरेको थियो ।

उक्त कार्यक्रममा उठेको सहयोग बाट देश तथा बिदेशमा दुखमा परेका नेपालीलाई आर्थिक सहयोग गर्ने गैर आवासीय नेपाली संघ जोहोरका अध्यक्ष मिम गुरुङ ले बताएका थिए।समिति का सल्लाहकार रमेश मल्ल उपाध्यक्ष वेदना श्रेष्ठ सचीव अर्जुन सिहं र गैर आवासीय नेपाली संघ NRNA मलेसिया का केन्द्रिय सदस्य सिताराम बस्नेत कृष्ण को उपस्थितिमा नेपाली रकम रु.२० हजार आर्थिक सहयोग हस्तान्तरण गरेको NRNA का पदाधिकारीले मलाया खबरलाई जानकारी गराए ।

मृगौला पीडित सेखर काफ्ले लाई सहयोग गर्न चाहने सहयोगी मनका धनी नेपालीहरुले उनका बुवा बद्री काफ्लेलाई नेपालको फोन नम्बर ९८०८८६२००२ मा सम्पर्क गरि आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।