धरानका सन्तोषको मलेसियामा निधन ।

दीप खादी लिम्बु ,,

क्वालालम्पुर(मलेसिया):= रोजगारको सिलसिलामा ३ बर्ष अघि मलेशिया आइपुगेका सन्तोष बिस्वकर्माको सोमबार हस्पिटलमै मृत्यु भएको छ।मलेशियाको बातुकेभ स्थित सिम्डो एस.डी.एन बी.एच.डी कम्पनीमा कार्यरत थिए।

राहदानी नम्बर-०७४९३४१६ रहेका उनी केहिदिन अगाडि कोठाकै साथीहरु सङ्ग दशै मनाउने क्रममा आफ्नै कोठामा खुट्टा चिप्लिएर लड्न पुग्दा मुर्छा परेका थिए।

साथिहरुले मुखमा पानी छर्किए पछी ब्युझिएका बिस्वकर्मा लाई एम्बुलेन्सले तत्काल उपचारका लागि सलायाङ्ग हस्पिटल पुर्याएर भर्ना गरिएको हो। उनका दाजु अर्जुन बिस्वकर्माले टेलिफोन सम्बादमा डाक्टरहरुले धेरै प्रयास गर्दा पनि होस नखुलेको र जिवित रहन सक्ने अवस्था न्यून रहेको बताए पछी स्वदेश फर्काउन प्रक्रियाको पहल गर्दागर्दै उनको मृत्यु भएको बताए।

डाक्टरका अनुसार गहिरो मानसिक चोटपटक लागेर कोमामा रहेको र ढुकढुकी मात्रै बाकी रहेको जानकारी दिएपछी निराश बनेको परिवारले मुख मात्रै हेर्ने आशाले तत्काल नेपाल झिकाउन पहल गर्दागर्दै प्राण त्यागेका हुन। मृतकको सब लाई हाल क्वालालम्पुरको सलायाङ्ग अस्पतालकै मुर्दाघरमा राखिएको छ।भने सबलाई नेपाल पठाउन कागजी प्रक्रियाको तयारी भइरहेको छ।