अर्पण मगर”बुद्ध “,,
क्वालालम्पुर (मलेसिया):= विश्वमा छरिएर रहेका आदिवासी जनजातिहरुको नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल आदिवासी जनजाती महासंघको प्रमुख आयोजना तथा आदिवासी जनजातीय प्रतिनिधिमूलक संगठनहरू, नेफिन सम्बन्धन संगठनहरू र बिदेश स्थित सम्बन्धन शाखाहरूको सह-आयोजनामा यही मिति २०७६ कार्तिक १ – २ गते तदानुसार १८-१९ अक्टोबर २०१९ का दिन राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाण्डौंमा “प्रथम अन्तर्राष्ट्रिय सम्मेलन” समुद्घाटन समारोह हुने भएको हो।
महासंघका अध्यक्ष जगतबहादुर बराम र उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोविन्द छन्त्यालले अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन देश तथा विदेशका संस्थाहरुलाई आग्रह गरेका छन् ।‘विभिन्न उद्देश्यले संसारभरका विभिन्न देशहरूमा रहेर पनि नेपाल आदिवासी जनजाति महासंघको झण्डामा गोलबन्द भई नेपालका आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिको आन्दोलनका लागि निरन्तर योगदान गरिरहेको स्मरण गर्दै गराउँदै परिवर्तित सन्दर्भमा संसारभरका नेपाली आदिवासी जनजातिहरूको बीचमा आपसी सम्बन्ध बिस्तार, सुदृढ र सांगठनिक सञ्जालमार्फत जोड्ने जोडिने उद्देश्यले आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन गर्न गराउन गइरहेको सम्मेलनमा भाग लिन मलेसिया बाट नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका संस्थापक अध्यक्ष लाल बहादुर अाले मगर ( सुन्दर ) त्यसैगरी महासंघका पूर्व अध्यक्ष रबिन राई द्वयले महासंघ मलेसियाको प्रतिनिधित्व गर्ने हुनु भएको छ।
सो अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल बनाउन नेफिन संघीय परिषद् सचिवालयका सम्पूर्ण पदाधिकारी र सल्लाहकारहरू, नेफिनका पूर्व प्रमुखहरू, नेफिनका आदिवासी जनजातीय संगठनहरू र सम्बन्धन संगठनहरूको तर्फबाट एक÷एक जना महिला र पुरुष गरी दुई जना, नेफिनको प्रदेश समन्वय परिषद्का अध्यक्ष रसंयोजकहरू, विदेशस्थित नेफिन सम्बन्धन शाखाहरूको तर्फबाट दुई–दुई जना महिला र पुरुष गरी चार जना र आवश्यक अन्य आदिवासी जनजाति आन्दोलनका व्यक्तित्वहरू प्रतिनिधिको रुपमा उपस्थिति हुने समेत जानकारी गराएको छ ।




















