प्रधानमन्त्री ओलीले आज सर्वसाधारणलाई टीका लगाईदिने ।

काठमाडौं:= प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म नेपाली जनता सर्वसाधारणलाई हिन्दू धर्मावलम्बीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा टिका लगाइदिने कार्यक्रम तय भएको छ् ।

आफूले पिताको हातबाट टिका ग्रहण गरेपछि उनले दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवकलाई टिका लगाइदिने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताउनु भयो ।

त्यसपछि पार्टी कार्यकर्ता र सर्वसाधारणलाई टिका लगाइदिने तयारी गरिइएको छ। प्रधानमन्त्रीले सर्वसाधारणलाई टिका लगाइदिने कार्यक्रम आज मंगलबार मात्रै रहेको छ ।