एलएन गच्छदार,,मोरङ:= नोबेल मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल बिराटनगरको प्रायोजनमा भएको नोबेल मिस्टर एण्ड मिस थारुको उपाधि अमन चौधरी र अंकिता चौधरी पाएका छन् । थारु कला केन्द्र बिराटनगरले आयोजना ग्राण्ड फिनालेमा अमनले १० जना पुरुष र अंकिताले २० महिला प्रतिष्प्रधिलाई पछी पार्दै उपाधि जितेको हो । त्यसै गरि फस्ट रनर अप पुरुष तर्फ करण चौधरी र महिला तर्फ रेसिका चौधरी र सेकेन्ड रनर अप पारस चौधरी र सोनम चौधरीले उपाधि जितेका छन् ।
उपाधि पाउने बिजेतालाई क्रमश: ५०/५० हजार, फस्ट रनर अपलाई ३०/३० हजार र सेकेन्ड रनर अपलाई २०/२० हजार नगद पुरस्कारको नोबेल मेडिकल कलेजका प्रबन्ध नारायण प्रसाद दाहालले वितरण गर्नुभयो । नोबेल मिस्टर एण्ड मिस थारु आइकन उपाधि पाउने अमन र अंकितले प्रवासी पूर्वेली थारु समाज युएई र थाकस उएईको तर्फ बाट १ हप्ता दुबई भ्रमण गर्न पाउने छन । ज्योति लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडल बिराटनगर र इटहरी शाखाले तर्फ बाट बिजयी ६ जनालाई १०/१० लाख बराबर आकष्मिक दुर्घटना जीवन बिमा ५ वर्षको लागि ब्यबस्था गरेको छ । ३२ जना प्रतियोगी सहभागीलाई बि एण्ड बि इन्स्च्युट, काव्या फर्मा डीश्त्रिब्युटस बिराटनगर र एसियन थाई फूड्सले गिफ्ट ह्यापर प्रदान गरेको छ ।
कार्यक्रमा मुख्य निर्णायकमा मिस नेपाल इन्टरनेसनल २०१७ का बिजेता बर्षा लेखि, मिस्टर थारु नेपाल २०१७ का बिजेता तथा मिस्टर नेपाल ALTITUDE MEN, इनटरनेशनल २०१८ तथा मिस्टर नेपाल फोटजेनिक २०१८ का चन्दन चौधरी, मिस पुर्वेलि सुपर मोडेल २०१४, टिकटक क्विन तथा एक्ट्रेस रेश्मा घिमिरे र स्त्री रोग बिशेष डा. बालकृष्ण साहले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
पुर्व उपप्रधान तथा गृह मन्त्री एवम प्रतिनिधि सभा सदस्य माननीय बिजय कुमार गच्छदारले ग्रान्ड फिनालेको उद्घाटन गर्दै थारु युवायुवतीहरु निकै सोझो र इमान्दारिताको प्रतिमुर्ती भएकोले अब थारु समुदाय अगाडी बढेको देख्दा हर्षित हुँदै यस किसिमको कार्यक्रमलाई सम्पूर्ण थारु संघसंस्थाले साथ दिनु पर्ने बताउनु भयो ।
मुख्य प्रायोजक रहेका नोबेल मेडिकल कलेजका संचालक डा.सुनिल शर्माले थारु समुदायलाई निकै माया गरको र गत वर्ष सिजन -१ र यस वर्षको सिजन -२ को ग्राण्ड फिनालेको साथ सहयोगको उच्च मुल्यांकन गर्दै आज नोबेल मेडिकलले साथ नदिएको भए कार्यक्रम सम्भव नहुने थारु कला केन्द्रका अध्यक्ष देव कृष्ण बिश्वासले बताउनुभयो । कार्यक्रमा पाल्नु हुने अतिथिहरु, सहयोगी संघ, संस्था, मिडियाकर्मी र सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।
क्वालालम्पुर (मलेसिया):= अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को कडा मौद्रिक नीतिको प्रभावले अमेरिकी डलर लगातार बलियो बन्दै जाँदा मलेसियाली मुद्रा रिङ्गेट थप दबाबमा परेको...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको संघीय राजधानी क्वालालम्पुरस्थित अध्यागमन विभाग (JIM) ले पुडु क्षेत्रका विभिन्न परिसरमा मध्यरातदेखि विशेष ‘अप्स कुटिप’ अभियान सञ्चालन गर्दै १८६ जना अवैध...
एजेन्सी := पाँच पटकको विश्वकप विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६ मा आफ्नो पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान फिलाडेल्फिया स्टेडियममा सम्पन्न...
जोहोरबाहरु (मलेसिया):= मलेसियाको जोहोर राज्य अध्यागमन विभागले जोहोर बाहरु क्षेत्रमा सञ्चालन गरेको विशेष “Ops Sapu” कारबाहीका क्रममा विभिन्न अध्यागमन कसुरमा ७३ जना विदेशी नागरिकलाई पक्राउ...
काठमाडौं:= नेपाल सरकारको युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले कुवेतमा करिब ६० हजार नेपाली घरेलु श्रमिक श्रम स्वीकृतिविनै कार्यरत रहेको जानकारी दिएका छन्।
प्रतिनिधिसभा बैठकमा...