पेनाङ मलेसिया : नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति पेनाङ मलेसियाको पहिलो ऐतिहासिक अधिवेशन अक्टोबर ६ तरिख हुने कार्यक्रमको तयारी पूरा भएको छ ।
गत जुलाई २१ तारिख मलेसियाको राजधानी क्वालालम्पुर सम्पन्न पश्चात् घेदुङले मलेसियाको पेनाङ क्षेत्रीय समिति पनि आफ्नो शाखा बिस्तार गर्दै उक्त अधिवेशन हुन लागेको हो ।

शाखा बिस्तार सँगै “विश्व भरी छरिएर रहेका तामाङहरु एक हौँ ताम्सालिङ प्राप्तिका लागि एक जुट हौँ ” भन्ने मूल नाराका साथ नेपाल तामाङ घेदुङ पेनाङ क्षेत्रीय समितिको प्रथम ऐतिहासिक अधिबेशन मलेसियाको पेनाङ स्थित सनवाई होटलमा गर्ने तयारी रहेको रामकाजि तामाङले जानकारी दिनुभएको छ ।
नेपाल तामाङ घेदुङ पेनाङ क्षेत्रीय समितिको अयोजनामा हुन लागेको अधिवेशनमा नेपाल तामाङ घेदुङ मलेसियाको केन्द्रीय अध्यक्ष राजेन्द्र वाइबा तामाङको प्रमुख आतिथिमा हुने कार्यक्रममा वृहत् साँस्कृतिक कार्यक्रम समेत हुने अध्यक्ष तामाङले बताउनुभयो ।
अक्टोबर ६ मा हुन लागिरहेको अधिवेशनमा मलेसियामा रहेका विभिन्न संघ संस्था तथा अम तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितका लागि अनुरोध समेत गरेको छ ।




















