हुण्डी बाट पैसा पठाउदा ठगी / नेपाली ब्याबसायी नै हुन्डी कारोबारमा संम्लग्न


मलेसिया

सेलांगोर स्थित बान्तिङको एक कम्पनिमा कार्यरत झापाका कुलबहादुर कडेरिया आफ्ना साथिहरुको पैसा लिएर फरार भए । आफै कार्यरत र नजिकैका कम्पनीका नेपालीको करिब २२ हजार रिङेट रकम लिएर उनी फरार भए ।
हुन्डीबाट नेपाल पैसा पठाउने भन्दै नेपाली श्रमिकबाट संकलन गरेको त्यो रकम लिएर कडेरीया बेपत्ता भएपछी रकम पठाउने नेपालीले ठगिएको पत्तो पाए ।
केलाङमा बसेर हुन्डी कारोबार गर्दै आएका कुमार खडका पनि एक महिना अघि नेपाली बाट संकलन गरेको करिब २ लाख रिङेट लिएर बेपत्ता भए ।


हुन्डी मार्फत नेपालमा पैसा पठाउने भन्दै खडकाले पैसा संकलन गरेका थिए । अन्य रेमिटान्सको सटही दर भन्दा धेरै दिने लोभ देखाएर उनले पैसा संकलन गरेका थिए ।
मलेसियामा हुन्डिबाट पैसा पठाउने र संकलित रकम लिएर फरार हुने क्रम बडदो रहेको छ ।एक पिडितका अनुसार कडेरियाले पैसा संकलन गरेको तीन दिन पछि मात्रै पिन नम्बर दिने बताएका थिए । तीन दिन सम्म पर्खियौं त्यतिन्जेल सम्म उनी भागी सकेछ्न । अन्य रेमिटेन्स कम्पनी भन्दा धेरै रकम पाउने आशमा नेपाली श्रमिक ठगिदै आएका छ्न ।हुन्डीबाट रकम पठाउन आग्रह गर्दै नेपालीको कोठा सम्म दलाल पुग्ने गरेका छ्न ।
यसरी नेपालीबाट रकम संकलन गरेपछी नेपालमा रहेका आफ्ना एजेन्ट मार्फत नेपालको बैक वा रेमिटान्समा पैसा हाल्दिने गरेका छ्न । यसरी गरिने कार्य अबैधानिक मानिन्छ भने नेपाललाइ समेत ठूलो घाटा हुने गरेको छ । यस्तो कार्यमा संम्लग्नलाइ नेपाल राष्ट्र बैकले सम्पती सुद्धिकरणको मुद्धा दर्ता गर्न सक्छ ।
अबैधानिक रुपमा गरिने हुन्डिबाट पिडित बने गुनासो गर्ने निकाय छैन । नेपाल राष्ट्र बैकले समेत हुन्डी निरुत्साहित गर्ने कार्यक्रम ल्याएको बताएको छ । मलेसियाको बैक नेगराको सहकार्यमा हुन्डी रोक्न पहल थालेको छ ।
रेमिटेन्स कम्पनिले रकम पठाए बापत सेवा शुल्क लिने,दर कम दिने र सबै ठाउमा रेमिटेन्सको सुबिधा नभएकाले पनि श्रमिकहरु हुन्डी मार्फत रकम पठाउदै आएका छ्न ।
राजधानी क्वालालम्पुरको नेपाली जमघट हुनेकोतराय तथा मलेसियाका मुख्य शहरका केहि नेपाली रेष्टुरेन्ट तथा पसलले हुन्डी कारोबार गर्ने गर्छ्न । श्रोतका अनुसार केही ठुला भनिएका नेपाली ब्याबसायी र नेपाली समुदायमा नाम चलेका व्यक्तिहरु मुख्य कार्य नै हुन्डी कारोबार रहेको छ ।