यूएई:= यूएई ( दुबई)मा बस दुर्घटनमा परि ६ जना नेपाली नागरिकको ज्यान गएको छ । फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लोरिमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्यान गएको हो।
ज्यान जानेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् ।मृत्यु हुनेमा दीपक बिक, नयराम साउद, नारायणप्रसाद पोखरेल, कृष्णबहादुर पुन, दानबहादुर सत्याल र रमेश चौधरी रहेका छन्। ती नेपाली सबै सुरक्षागार्ड हुन् । उनीहरु फस्ट सेक्युरेटी कम्पनीमा काम गर्थे। मृतकको शवलाई रसिद अस्पतालबाट शव गृहमा सारिएको छ भनेर दुबई स्थित नेपाली दूतावासले जानकारी दिए ।
दुर्घटनामा ज्यान गुमाउने नेपाली नागरिकका बारेमा थप जानकारी लिने प्रयास भैरहेको यूएईस्थित नेपाली दूतावासले बताए । दुर्घटनामा परि ज्यान गुमाउने नेपालीहरुकाे नेपालस्थित ठेगाना भने खुलेकाे छैन थप बिवरण आउन बाकी रहेको छ ।
मलेसिया (मलेसिया):= नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया तथा क्षेत्रीय समिति जोहोरबारुको आयोजनामा सोनाम ल्होछार २०२७ को दोस्रो वार्षिक बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको पेनाङ राज्यमा विदेशी श्रमिकलाई लक्षित गरी अध्यागमनको नक्कली विद्युतीय पास (ई–पास) तयार गरी बिक्री गर्ने गिरोहको पर्दाफास भएको छ। अध्यागमन विभागले...
क्वालालम्पुर (मलेसिया):= मलेसियामा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा सन् २०२४ देखि हालसम्म ९६ हजार ८४४ जना विदेशी नागरिक पक्राउ परेका छन्।
मलेसियाका प्रहरी महानिरीक्षक...
बुटवल:= खसीबोकाको अङ्ग गलामा भिरेर सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने एक मासु व्यवसायी विवादमा परेका छन् । अस्वाभाविक र असभ्य शैलीमा भिडियो बनाएर टिकटक...
क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिम सन् २०२७ को विश्वका ५०० सबैभन्दा प्रभावशाली मुस्लिमहरूको सूची (द मुस्लिम ५००) को १३औँ स्थानमा पर्न...