आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्षमा बिपिन राई/वरिष्ठ-उपाध्यक्षमा पुनः आरएन थारु।

क्वालालम्पुर(मलेसिया):= नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिती मलेसियाको आईतवार भएको साधारण भेला सफलता पुर्वक सम्पन्न भएको छ। क्वालालम्पुर स्थित होटल प्यासिफिकमा आयोजना भएको विषेश भेलाले विभिन्न भावी कार्ययोजना माथि छलफल गर्दै महासंघमा रिक्त रहेका विभिन्न पदाधिकारीहरूको पदपूर्ति समेत गरेको छ।

सम्पन्न भेला बाट रिक्त रहेका विभिन्न पदका पदाधिकारीहरु सर्वसहमत मनोनीत हुनु भएको छ। पूर्व अध्यक्ष रविन राई ज्युको भिषा समस्याले स्वदेश फर्कनु भएपछि रिक्त रहेको अध्यक्ष पदमा किराँत राई यायोक्खाका प्रतिनिधि बिपिन राई ,वरिष्ठ- उपाध्यक्षमा प्रवासी थारु सेवा समाज मलेसियाको संस्थापक/संरक्षक घनश्याम चौधरी (आरएन थारु)पुनः मनोनीत भएका छ्न । त्यसैगरी उपाध्यक्षमा तामाङ घेदुङ मलेसियाका प्रमुख सल्लाहकार फुर्वा दोर्जे मोक्तान तामाङ ,कोष -अध्यक्षमा नेपाल मगर संघ मलेसियाका केन्द्रीय सदस्य वीर बहादुर सारु मगर र सह कोष अध्यक्षमा माझी समाज मलेसियाका अध्यक्ष चन्द्र माझी रहनु भएको छ।

मनोनीत अध्यक्ष विपिन राईले महासंघको कोषमा व्यक्तिगत ५०००।- मलेसियन रिङ्गेट त्यसैगरी नेपाल अादिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लाई आरएम ५००।- सहयोग गर्ने घोषणा समेत गर्नुभयो । त्यसैगरी सम्पूर्ण जातिय संघसंस्था लाई समेटेर बृहत अन्तरक्रिया कार्यक्रम गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको छ। साथै महासंघको कार्यलय स्थापना गरि विभिन्न जातिय पहिचान झल्काउने मैलिक भेषभूसा साथै लोपोन्मुख सामाग्री राखेर महासंघको कार्यलय श्रृङ्गार्ने समेत बताउनुभयो ।

अबको कार्यकालमा मलेसियामा रहेका समस्त जातीय संस्थालाई समेट्दै साथै नेपाली राजदुतावास मलेसिया संग समन्वय गर्दै महासंघ लाई अगाडि लैजाने वचन समेत दिनुभएको छ।साथै महासंघको भेला पछिको छलफलले निष्क्रिय पदाधिकारी ज्यु हरु आजैबाट उक्त पदहरुमा नरहने समेत निर्णय गरेको छ।