सुर्खेत । नेपालमा संघीय संरचना अनुरुव स्थानीय निर्वाचन भएदेखि बिभिन्न बिषयमा देशभरिकै चर्चा पाईरहेको कालिकोट जिल्लाको पलाँता गाँउपालिकाले अर्को नमुना कार्य गर्न सफल भएको छ ।
नेपालमा यो ब्यबस्था परिबर्तन गर्न दशवर्षे जनयुद्ध भयो र सोही क्रममा लड्दालड्दै ज्यान गुमाउने शहीद , घाईते परिवार, अपाङ्ग परिवार र बेपत्ता परिवारहरु यो अहिलेको ब्यबस्थाबाट धेरै खुशी देखिदैनन् । तर कालिकोट जिल्लाको पलाँता गाँउपालिकामा जनयुद्धका घाइते, अपाङ्ग, बेपत्ता र शहीद परिवारहरु अहिलेको स्थानीय सरकारबाट सन्तोश जनक भएको बताउँछन् गाँउपालिका वडा नं ४ निवासी सहीद परिवार लछे सार्की । स्थानीय सरकार आउनु पुर्व सारै समस्या थियो तर स्थानिय सरकार आए पछि जुन सुकै समस्या पनि जनप्रतिनिधिहरुलाई सुनाउँदा सहयोग गरिरहेको सोही पालिका वडा नं. ४ बस्ने माघे कामीले बताए ।
यस पालिकामा हुने बिभिन्न कार्यक्रम र पाउने सेवासुबिधाहरुमा सबैभन्दा पहिले दश बर्षे जनयुद्धका घाइते, अपाङ्ग, बेपत्ता र शहिद परिवारहरुलाई स्थानीय सरकारले मुख्य प्राथमिकता दिने गरेको गाउँपालिका अध्क्ष लक्ष्मण बहादुर बम बताउँछन् । अध्यक्ष बमले भने, हाम्रो पालिकामा स्थानीय सरकार आएदेखि पालिकामा आवस्यक पर्ने करारपदका कर्मचरिहरु नियुक्ति गर्दा पनि यस्ता परिवारहरुलाई आरक्षण कोटा जस्तो बनाएर मुख्य प्राथमिक्ता भित्र राखेर काम गरिरहेका छौं । पालिकाबाट उपलब्ध गराईने सम्पुर्ण सेवा सुबिधाहरु उपलब्ध गराउँदा सबै भन्दा पहिले घाइते, अपाङ्ग, बेपत्ता र शहीद परिवारहरुलाई उपलब्ध गरायर मात्र अरुको बिषयमा सोच्ने गरेको उनको भनाई रहेको छ । पालिका भित्रका बसोबास गर्ने सम्पुर्ण परिवारहरु मध्य यस्ता परिवार हरुको स्थिति अन्य परिवारको भन्दा दयनिय भएकाले उनिहरुको समस्यालाई समाधान गर्नुनै स्थानिय सरकारको पहिलो तथा सबै भन्दा ठुलो उपलब्धि हुने बताए ।
पालिकामा रहेका सम्र्पुण नागरिक तथा प्रत्येक घरपविारहरु संग महिनामा एक पटक भेटघाट गरेर उनिहरुको समस्या समाधान गर्न खोजिरहेका र यो पालिकाको बिकासका लागि रात दिन नभनि यो पालिकाका सम्पुर्ण जनप्रतिनिधिहरु खटिरहेका तथा स्थानियको आबश्यकता परिपुर्ति गर्न सदैभरि लागिरहने बताउँछन् वडा नंं ४ का वडा अध्यक्ष ऐनराज महतारा । पालिकाले निर्णय गरेर दलित, गरिब तथा सहिद परिवारहरुलाई राहत सामाग्रि समेत बितरण गरेको वडा नं. ६ का वडा अध्यक्ष रुप बहादुर रोकायाको भनाई रहेको छ । पालिकामा शहिद परिवारको कोटावाट ११ जनाले करार जागिर गरिरहेको समेत बताएका छन् ।
गरिव , दलित तथा बिपन्न परिवारहरुलाई दशैं तिहारमा खाने चामल, तेल र चिनि को अभाव नहोस भनेर गाँउपालिका अध्यक्ष आफै गाँउ गाउँमा गएर बितरण गरि हाम्रो समस्या समाधान गर्ने अध्यक्ष पाउँदा सारै खुशी महसुस भएको वडा नं. ४ निवासी चाउरे सार्कीले बताए । यो भन्दा पहिलेका चाँड पर्वमा खाने गास नभएर समस्या हुने गरेको तर अहिले तेल, चिनीसम्म पनि निशुल्क उपलब्ध गराउँदा चाड पर्व राम्रोसंग मनाउन पाईने भयो भन्दै खुशी ब्यक्त गरेका थिए ।




















