
काठमाडौं:= आदिवासी जनजातीहरुले राजधानीमा संविधानको विरोध गरेपछि प्रहरीले थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय सदस्य सिताराम थारुलाई पक्राउ गरेको छ । जनजाती नेतृत्वले संविधान दिवसलाई कालो दिन भन्दै विरोध सहित संविधान जलाउन खोजेपछि प्रहरीले सिताराम थारु संगै एलम्बु खम्बु र कुल्दीप मगरलाई समेत पक्राउ गरेका छ्न ।
वसन्तुपरमा आदिवासी जनजातीले संविधानको विरुद्धमा प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप सहित तीन जनालाई पक्राउ गरेको आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले बताउनु भयो ।विरोधका कार्यक्रमहरु काठमाडौं बाहेकका अन्य जिल्लाहरु इटहरी,दाङ,नवलपुर लगायतको जिल्लाहरुमा समेत विरोध प्रदर्शन भव्य रुपमा सम्पन्न भएको अध्यक्ष बरामले जानकारी दिनु भयो ।
यता थरुहट थारुवान राष्ट्रिय मोर्चाले प्रेस बिज्ञप्ति जारी गरि पक्राउ परेका सिताराम थारु लाई छोड्न जोडदार मआग गरेका छ्न ।
आदिवासी जनजाति लगायत उत्पीडित समुदायको अधिकारलाई संविधानमा सुनिश्चित नगरेको भन्दै आदिवासी जनजाति, थारु, मधेसी लगायतको जातीले बारम्बार संविधानको विरोध गर्दै आएका छन्।






















