तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले राष्ट्रिय तथा संविधान दिवस भब्यताका साथ मनाएको छ। क्वालालम्पुरको रेनिसानी होटल मा संविधान तथा रास्ट्रीय दिबस सम्पन्न भएको हो। मलेसिया का सहायक शिक्षा मन्त्री Hon puan teo nie ching को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली राजदुतावास मलेसियाका राजदुत श्री उदयराज पाण्डेले नेपाल र मलेसिया बिचको सुमधुर सम्बन्ध लाई लिएर आफू सन्तुष्ट रहेको बताउदै थप पर्यटकिय ,बाणिज्य ,आर्थिक ,समाजिक सबैमा थप सहकार्य हुनुपर्ने सम्बोधनका क्रममा बताउनुभयो ।

दुबै देशका रास्ट्रीय गान बजाएर सुरु भएको कार्यक्रममा मलेसिया सरकारका उच्च पदस्त अधिकारी लगाएत गैरआवासीय नेपाली संघ मलेसियाका पदाधिकारी ,व्यावसायि,संघ सस्थाका प्रतिनिधि , जातीय संघ सस्था,पत्रकार ,कलाकार लगायत को उपस्थिति थियोे ।

कार्यक्रममा भिजिट नेपाल २०२० लाई प्रबर्द्धन गर्न नेपालका कला सस्कृती झल्काउने तस्बिर हरु लगायत पर्यटकिय स्थल हरुको सौर्न्दर्य झल्काउने दृश्यहरु देखाइएको थियो । कार्यक्रममा स्थानीय नेपाली कलाकारहरुले समेत जातीय झाकी प्रदर्शन गरेका थिए।
























