चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।

वाङ चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका लागि नेपाल आएका हुन् ।

विदेशमन्त्री यी विशेष विमानबाट आइतबार साँझ काठमाडौं उत्रिएका छन् । 

उनले सोमबार र मंगलबारको अधिकांश समय राजनीतिक भेटघाटमा बिताउने छन् ।