काठमाडौं । उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् ।
उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले यस अघि जस्तै आज पनि विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् ।




















