अग्राशनको महत्व :-थारु समुदायमा ब्रत उपवास बस्दाखेरी छुट्याइने अग्राशन चेलीबेटीलाई दिने गरिन्छ । यसको ठूलो महत्व छ । अग्राशन भनेको धर्म, पुण्यसँग सम्बन्धित वस्तु हो । देवतालाई छुट्याइएको भाग, देवतालाई चढाएको त्यो प्रसाद खाएपछि शुभ हुन्छ, कल्याण हुन्छ, मनले सोंचेको कुरा पूरा हुन्छ भन्ने मान्यता अहिले पनि तीर्थालु, ब्रतालुमा छ । त्यसैले तीर्थ गएकाहरू प्रसाद लिएर आएका हुन्छन् र प्रसाद वरिपीर वितरण गर्दछन्, जसको अवमूल्यन कसैले गर्दैन । गर्नु हुँदैन भन्ने मान्यता छ । त्यसैगरी, अग्राशन पनि कृष्ण जन्माष्टमीमा भगवान श्रीकृष्णलाई चढाइएको प्रसाद, अतवारीमा भीमलाई चढाइएको प्रसाद, अनत्तरमा भगवान अनन्तलाई चढाइएको प्रसाद हो, जसको अवमूल्यन गर्नु हुँदैन ।
नेपाली शब्दकोषमा हेर्ने हो भने अग्राशनको अर्थ ‘खानुभन्दा पहिले देवता र पितृलाई चढाइने खानेकुरा, देवताका लागि छुट्याइएको अगाडिको राशन भनिएको छ ।’ त्यसैगरी, हिन्दी शब्दकोषमा अग्राशनको अर्थ ‘देवता, ब्राम्हणको जीविका निर्वाह निकाला हुआ अन्न या भोजनका भाग’ भनी अथ्र्याइएको छ । त्यसैले अग्राशन भनेको अग्र+राशन हो, आफू खानु अगावै देवताको लागि अगाडि राखिएको राशन हो । जसको सेवनले चेलीबेटीको कल्याण हुन्छ, मनोकामना पूरा हुन्छ, दीर्घायु हुन्छन् । त्यति मात्रै होइन, अग्राशनको सम्बन्ध, चेलीबेटीको आफ्नै घर र लैहर (माइती) बिचको घनिष्टता तथा दाजुभाई, दिदीबहिनी, फूपूभतिजको घनिष्ट मायाप्रेम र सम्बन्धसँग गाँसिएको हुन्छ ।
चेलीबेटी करोडपति किन नहोस्, माइती आएको बेला, उसका आमाबाबुले उसलाई दिने सय पचास रुपैयाँ उसको लागि महत्वपूर्ण हुन्छ । मायामा लटपटिएको त्यो सय पचास रुपैयाँ, उनको आफ्नो करोडौं रुपैया भन्दा कम महत्वको हुँदैन । त्यसैले होला जब कृष्ण जन्माष्टमी, अतवारी, अनत्तर आउँछ, चेलीबेटीहरू माइतीको बाटो हेर्दै, कुर्दै बसेका हुन्छन् । तसर्थ भन्न सकिन्छ, यसको महत्व धेरै ठूलो छ ।
ग्वाङ्झाउ (चीन):= आगामी अगस्ट १५–१६, २०२६ मा चीनको Crowne Plaza Guangzhou City Centre मा आयोजना हुन गइरहेको एनआरएनए एसिया–प्यासिफिक ११औँ क्षेत्रीय सम्मेलन सफल बनाउन महत्त्वपूर्ण...
काठमाडौं:= तारकेश्वर नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको तारकेश्वर कप २०८३ लाई सफलतापूर्वक सम्पन्न गराउने उद्देश्यले विभिन्न व्यक्ति तथा संस्थाहरूबाट सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको नेगेरी सेम्बिलान राज्य अन्तर्गत पर्ने पोर्ट डिक्सनको तामान लिङ्गीमा एउटै बगानमा काम गर्ने र सँगै बस्ने बंगलादेशी श्रमिकहरू बीच भयानक आपसी...
क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले देशको रेस्टुरेन्ट व्यवसायमा देखिएको गम्भीर श्रमिक अभावलाई समाधान गर्न 'फास्ट-ट्र्याक' (द्रुत मार्ग) मार्फत १५,००० विदेशी कामदारहरूको...
क्वालालम्पुर:= मलेसियाको अध्यागमन विभाग (JIM) इमिग्रेशनले नक्कली राहदानी (पासपोर्ट) तयार गरी विदेशी कामदारलाई गैरकानुनी सेवा उपलब्ध गराउँदै आएको अर्को गिरोहलाई पक्राउ गरेको छ।
अध्यागमन विभागले...