जि .एस .समाज सेवा मलेसिया को चौथो अधिबेशन सम्पन्न

२सेप्टेम्बर २०१९ | जि एस समाज सेवा युवा क्लब मलेसिया को चौथो अधिबेशन हिजो शनिबार जोहोर मलेसिया को बातुपहात स्थित जिमिल को सभाहलमा सम्पन्न भएको छ जहा राम परियार को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ |उक्त अधिबेशनमा बातुपहात जोहोर मलेसिया मा कार्यरत नेपालीहरुको भरपुर उपस्थिति देखिएको थियो |उक्त अधिबेशनको संचालन संस्थाका सचिब प्रमोद कुमार मोक्तान को रहेको थियो भने अध्यक्षता संस्थाका अध्यक्ष राम परियार को रहेको थियो |उक्त अधिबेशनमा प्रमुख अतिथिको रुपमा मलेसियामा संस्था स्थापना गरि आज सम्म निरन्तर सामाजिक सेवामा अबिभावक को रुपमा आफ्नो अग्रणी भूमिका निर्बाह गरिरहनु भएका केरुङ सम्पर्क मञ्च मलेसिया का महासचिव ,NRNA मलेसिया का सदस्य ,प्रवासी मेमेङ समाज मलेसिया का अध्यक्ष महेन्द्र केरुङ लिम्बु को रहेको थियो|त्यस्तै बिशेष अतिथिमा समाजसेवी नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति जोहोर मलेसिया का अध्यक्ष दावा तामाङ को उपस्थिति रहेकोे थियो ।|कार्यक्रम दुई चरणमा गरिएको थियो पहिलो औपचारिक अनि दोश्रो बन्दशत्र |उक्त अधिबेशनमा संस्थाको औपचारिक कार्यक्रममा संचालन लगत्तै उपस्थित सबैलाई क्लब का प्रमुख सल्लाहकार मदन सुब्बाले स्वागत मन्त्यब्य मार्फत स्वागत गरेको थियो |स्वागत मन्तब्य पछी प्रमुख अतिथि र विशेष अतिथिको हात बाट मैन बत्ती बालेर उक्त अधिबेशनको उत्घाटन गरिएको थियो साथमा रास्ट्रिय गान बजाउदै साथमा उपस्थित सबैले चर्को स्वरमा गाएका पनि थिए|नेपाली हरु लाई एकजुट बनाउने,नेपाली हरुमा आइपर्ने समस्याहरुमा सहयोग र उद्दार गर्ने उदेश्य ले संस्था अगाडि बडेको रआज सम्म हामि त्यसैमा लागिपरेको भन्दै संस्थाका सल्लाकार राम छबिलाल ले आफ्नो मन्तब्य राखेका थिए|त्यस्तै संस्थाका सल्लाहकार हिरालाल बि क ,उपाध्यक्ष जटिल बि सि ,उपाध्यक्ष बिजय जैसवाल ,उपाध्यक्ष सुर्य कार्की उपाध्यक्ष मिथुन बिराजी ,कोषअध्यक्ष धनु राना,महासचिव सन्तोष राई ,कोषउपाध्यक्ष विमल पोख्रेल ,महिला सदस्य आरती बि क ,सानी तामाङ ,संगीता तामाङ , दिपेन्द्र चौलागाईं ,गङा कार्की ,बिजय शाह मुकेश बिराजी,उपेन्द्र यादव ,मान लिम्बु लगायत धेरैले कार्यक्रममा मन्तव्य राखेका थिए ।अधिबेशनमा विशेष अतिथि दावा तामाङ बोल्दै आज म अत्यन्त्यै खुशी छु आज सम्म यस संस्थालाई यहा सम्म भ्याई नभ्याई आफ्नो समय दिएर चौथो अधिबेशन गर्न सम्म पुर्याउने सम्पूर्ण जि एस परिवारलाई हार्दिक धन्यबाद सहित खुशी प्रकट गर्दछु |संस्थालाई निरन्तरता दिनु पर्छ अझै अगाडी लैजानु पर्छ यस जि एस संस्थाले चाहेको खण्डमा संस्थालाई आबश्यक पर्ने जस्तोसुकै सहयोग गर्न नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति जोहोर मलेसिया प्रतिबद्ध छ भन्नु भएको थियो|औपचारिक कार्यक्रम प्रमुख अतिथी महेन्द्र केरुङ लिम्बु ले आफ्ना भनाई राख्दै हिजोको विषम परिस्थिति बाट सस्था लाइ यो अवस्था सम्म ल्याइ पुर्याउन सफल सम्पूर्ण जि एस परिवारलाई हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियोे । अध्यक्ष राम परियारले संस्थाको समिक्षा गर्दै जि एस परिवार का सबैलाई धन्यवाद दिदै आगामी दिन मा पनि यसरीनै सबैको साथ र सहयोगको आशा राख्दै कार्यक्रम समापन गरे पछी दोश्रो चरणको कार्यक्रम बन्द सत्र सुरु भएको थियो उक्त बन्द सत्रको कार्यक्रम संचालन सचिव प्रमोद मोक्तान र सहसचिव गोपाल राइमाझीले गरेका थिए |समितिले निर्बिरोध रुपमा पुरानै समितिलाई सर्बसम्मत रूपमा कायम गर्दै उपाध्यक्ष मा गङा कार्की लाई पदोन्नति गरेको थियोे भने केही नयाँ सदस्य समेत नियुक्त गरेको थियोे ।समितिको नया नियुक्त सदस्य हरु यसप्रकार रहेको छ |१:- सदस्य , राजकुमार थारु२:- सदस्य , निराजन बस्नेत३:- सदस्य , राजु सुनार४:- सदस्य , टंकलाल श्रेष्ठ५:- सदस्य , ओम प्रकाश यादव६:- सदस्य , ललन महतो७:- सदस्य , प्रकाश शाह८:- सदस्य , राजकुमार चौधरी९:- सदस्य, महेश मण्डल१०:- सदस्य , लखेन्द्र चौधरी११:- सदस्य, अमन चौधरी१२:- सदस्य, मोहन चौधरी