कहिले खुल्छ १५ महिनादेखि ठप्प मलेसियाकाे रोजागरी ?

काठमाडाैं । १५ महिनादेखि ठप्प रहेको मलेसियाको रोजगारी खुलाउन सरकारलाई सकस परेको छ । मलेसियाले आफ्ना पुरानै संस्थाबाट मात्र स्वास्थ्य परीक्षणको काम गर्नुपर्ने पत्र पठाएपछि रोजगारी खुलाउन सरकारलाई सकस थपिएको हो । यस अघि मलेसियाली पक्षले नेपाली स्वास्थ्य संस्थाले परीक्षण गरेका कामदारलाई पनि लिने बताएको थियो ।

यसैक्रममा सरकारले पुराना ३६ सहित १२२ ओटा स्वास्थ्य संस्थाको सूचीकरण गर्यो । तर हालै मात्र नेपालस्थित मलेसियाली दूतावासले आफ्ना पूराना ३७ संस्थाले गरेको स्वास्थ्य परीक्षणलाई मात्र मान्यता दिने पत्र पठाएको छ ।