पोष्टरमा छ माया छपक्कै

काठमाडौं । आउँदो दशैंमा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘छ माया छपक्कै’ को पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा चलचित्रमा मुख्य कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी फिचर्ड छन् । 

पोष्टरले नै फिल्म कमेडी प्रधान रहेको प्रष्ट्याउँछ । यसअघिका ‘छक्का पञ्जा’ कै टिमले निर्माण गरेको यो चलचित्रको पोष्टरमा छक्का पञ्जाकै ‘फ्लेवर’ देखिन्छ ।

दीपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्र दशैंको छेकोमा प्रदर्शन हुने भनिए तापनि मिति भने तोकिएको छ । बुझिएनुसार असोजको १७ या २४ गते चलचित्र प्रदर्शन हुनेछ । हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको चलचित्रको कथा निर्देशक लामाको हो । 

उनको चलचित्रमा कलाकार दीपकराजले पटकथामा ढालेका हुन् । उनलाई संवादमा भने केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् । निर्देशक लामालाई निर्देशनमा निर्देशक दीपाश्री निरौलाले सघाएकी छन् । चलचित्रका निर्माता रोहित अधिकारी हुन् ।