भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

बिहिबार जयशंकरले राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । उनी नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली लिएर शीतलनिवास पुगेका थिए ।

भेटमा द्विपक्षीय हितलगायत विषयमा छलफल भएको शीतल निवासले जनाएको छ ।

जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका थिए । 

राष्ट्रपति भण्डारीलाई भेट्नुअघि जयशंकरले पशुपतिमा पूजाआजा गरेका थिए ।

जयशंकर आज बेलुकी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।