प्रधानमन्त्री ओली आज स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वास्थ्य उपचारका लागि सिंगापुर जाने भएका छन् ।  उनी १ः३० बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।  

सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर गत साउन २७ गते फर्किएका प्रधानमन्त्री ओली १० दिनपछि फेरि त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने छन् । यसअघि पनि उनले त्यही स्वास्थ्य परीक्षण गराएका थिए ।

प्रधानमन्त्री स्वदेश फर्किने मिति भने अहिले नै टुंगो लागि सकेको छैन । उनी लामो समयदेखि मृगौलाका बिरामी हुन् । उनको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । कामको धपेडीको कारण देखाउँदै उनको निजी चिकित्सक समूहले प्रधानमन्त्रीलाई जाँचको लागि सिंगापुर जान आग्रह गरे बमोजिम् उनी पहिला त्यसतर्फ गएकोमा अहिले फेरि जान लागेका हुन् ।