प्रश्न कहाँ र कसलाई ?

वर्तमानमा नेपाली समाज विभिन्न चिरामा विभक्त भएको देखिन्छ । नेतृत्व मात्र होइन समाज अनि राष्ट्रको सम्पूर्ण संरचना लाचार छ । राजनीतिक अभ्यास र लोकतन्त्रको सुन्दर पक्षले व्यवस्था संस्थागत गरेको भन्न त सकिन्छ तर जनताको चेतनाका निमित्त पनि यसले सकारात्मक भूमिका निर्वाह ग¥यो त ? सबै स्थायी अस्थायी शक्ति केन्द्रहरूले जनतालाई आप्mना बफादार सिपाही मात्र बनाए । अनि प्रशिक्षणमार्पmत स्वचिन्तन समाप्त पारेर आप्mनो सोच प्रतिरूप बनाएका जनता के चेतनशील हुन त ? 

आप्mनो नियन्त्रणबाट छुटेका समूहहरूले चलाएको भिडतन्त्रबाट असुरक्षित अनुभूति गर्नु स्वाभाविकै हो । त्यसैले रिङमास्टरको अनुपस्थितिमा फुक्का भएको सिंह सरह भएका छन् नेपाली जनता, यही भिडतन्त्रले गर्दा सबै लाचार छन् । त्यो डर प्रत्यक्ष देख्न सकिन्छ, कुनै बेला ज्यान हत्केलामा लिएर जनताका निमित्त लडेका भन्नेहरू सुरक्षादस्ताको लगभग अभेद्य घेराभित्र बसेर निडरताको अभिनय गर्न विवश छन् ।

जीवित समाज निश्चितरूपले चलायमान हुन्छ, अर्थात् आप्mनो निर्णयमा परिवर्तन गरिरहन्छ । यो कुरा निश्चय नै समाजले आपूmलाई समयानुकूल विकसित गर्ने प्रक्रिया हो । नेपाली समाज धेरै छिटोछिटो परिवर्तन भोग्ने समाज हो । भाइमा उत्तराधिकारी जाने राणा शासनको कारणले छिटोछिटो परिवर्तनको बानी बसेको छ । तर, राजनीतिक नेता, सामाजिक अगुवा, अधिकारकर्मी आदि प्रभाव समूहहरूले जनताका विभिन्न हिस्सालाई आप्mनो ढंगले सोच्ने गरी प्रशिक्षित गरेका छन् । यसले समाजलाई टुक्राटुक्रा बनाएको छ यसैले त्यो समाज हाल निर्विकार जस्तो देखिएको छ । यो अस्थायी अवस्था हो, अब तिनीहरूको सम्मोहन टुट्दै गरेको परिस्थिति छ । नेपाली समाज अहिले पनि गतिशील छ, अरूभन्दा ज्यादा संवेदनशील छ । 

नेपाली जनता विश्वमा कतै छिसिक्क भयो भने कि उत्तेजित हुन्छन्, उग्र पनि हुन्छन्, शोकाकुल पनि हुन्छ । नेपाली समाजले घटनाअनुसार प्रतिक्रिया दिएर र गतिमान भएको परिचय सधैं दिएको छ तर राष्ट्र र राष्ट्रियताको कुरामा हाम्रो समाज उपस्थितिसमेत जनाउँदैन । त्यसबेला नेपाली समाज अस्तित्वविहीन भएर अनेकौं गुट र उपगुटमा विभाजित हुन्छ । खुसीको कुरामा निर्धक्क खुसी मनाउँदैन, अन्यायलाई अन्याय भनेर बोल्न हिचकिचाउँछ । यसको बदलामा कसैको देवत्वकरण वा राक्षसीकरण गर्नमा रमाउँछ । यस अवस्थामा कसलाई कसले र कहा“ प्रश्न गर्ने अन्योल छ । अब स्वाभाविकरूपमा प्रश्न उठ्नसक्छ किन यसो गर्छ समाज ? विश्व मामिलामा त्यत्रो गतिशील समाज आप्mनै मामिलामा किन निर्विकार बस्छ ?

यसको उत्तर सहज छ, विगत लामो समयदेखि आप्mनो बारेका सबै कुराहरूको जिम्मा नेपाली समाजले अरूलाई नै दिएको छ । भोगाइ नेपाली समाजको आप्mनो भए पनि त्यसको बुझाइ विवेचना गर्ने जिम्मा राजनीतिक क्षेत्र र नागरिक समाजलाई दिइएको छ । विगत करिब चार पा“च दशकदेखि नै समाज अरूले गरेको अध्ययन, अरूले निकालेको निष्कर्ष र अरूले उत्प्रेरित गरेको कदममा भरोसा गर्दै आएको छ । यो अरू भन्ने बाहिरका होइनन् नेपाली समाजभित्रैका राजनीतिक नेतृत्व र नागरिक समाजका अगुवाहरू हुन् । समाजले राजनीतिक दल र नागरिक समाजभन्दा त्यहाँका व्यक्तिहरूलाई भरोसा गरेको हो । घरेलु कुराहरूले समाजलाई असर त गरेको छ तर त्यो असरमा कस्तो प्रतिक्रिया हुनुपर्ने भन्ने निर्णय गर्न समाज जिम्मा लगाएकाहरूलाई पर्खने गर्छ । त्यो निर्णयको अभावमा आक्रोशित त हुन्छ तर प्रकट नगरेर निर्विकार रहेको छ । 

जे माग्यो त्यो पु¥याइदिएर नेपाली समाजले पुल्पुल्याएको राजनीति अहिले उन्मत्त छ । समाजले दिएको जिम्मेवारी पूरा गर्नुभन्दा समाजमा राज गर्ने प्रारब्ध ठान्नाले यसमा यो उदण्डता आएको हो । जनता समाज हो, राष्ट्र हो । अरू सबै राष्ट्रका सेवक हुन् भन्ने तथ्य गलत व्याख्या भएको छ । नेपाली राजनीतिले अहिले पनि अनुभवबाट सिक्न सकेन । दल राजनीतिका निमित्त, राजनीति समाजका निमित्त अनि समाज जनताका निमित्त भन्ने मान्यताक्रम उन्मत्त राजनीतिले उल्टाइदिएको छ । जनता वा समाज राजनीतिका निमित्त, राजनीति दलका निमित्त अनि दल नेताका निमित्त भन्ने भ्रमपूर्ण मान्यता लागू भएको छ । त्यसैले, त कुनै कुरो आपूmलाई चुनौती दिएको जस्तो लाग्नेबित्तिकै नेताहरू जसलाई पनि दल खोलेर आइज भनेर प्रतिचुनौती दिन्छन् । नेताहरूले जनतालाई आफ्नाविरुद्ध प्रश्न गर्ने ल्याकतमा रहन दिएका छैनन्, भजनमा विश्वास गर्न थालेका छन् । कथंकदाचित प्रश्न नै गरिहाले पनि त्यसलाई छौंडा भन्ने र समर्थकहरूलाई अरिंगालको गोलोभैmँ खन्याउने नेतृत्वको विकल्प छैन भन्ने कुरा बुद्धिजीवीहरूले नै जनताको दिमागमा भरिदिएका छन् ।

यसरी बेलाबेलामा आप्mनो प्रभावको अधिकतम प्रयोग गरेर समाजलाई राजनीतिको पोल्टामा हाल्ने काम भने नागरिक समाजका अगुवाहरूले गर्दै आएका छन् । राजनीतिले समाजमा आप्mनो साख गुमाउदै जा“दा हमेसा नागरिक समाजका अगुवाहरूले त्यो साख पुनस्र्थापना गर्ने काम गरेका छन् । उत्कर्ष प्राप्त गरिसकेपछि भने छानीछानी अगुवाहरूलाई काखा र पाखाको व्यवहार गर्न राजनीति सफल भयो । प्राप्त हुनसक्ने फाइदा हस्तगत गर्न एकथरि अगुवाहरू भजन कीर्तनमा लागे । अर्काथरि भने तोलाको जिब्रो चलाउनुभन्दा धार्नीको टाउको हल्लाएमा आप्mनो झोलीमा पनि केही पर्ला भन्ने लोभमा परे । यसले केही बचेका नागरिक अगुवाहरूले समाजको कुरो बोल्नेबित्तिकै कि दिएको स्थानमा बस्, कि दल खोलेर प्रतिस्पर्धामा आइज भनिन थालियो । आपूmले धेरैपटक साख बचाइदिएको राजनीतिको यस्तो रूप देखेर नागरिक समाज भने स्तव्ध छ । यो स्वाभाविक नै हो । चेतनाको स्थानमा कसैको प्रशंसा अनि कसैलाई घृणा गर्न जनता प्रशिक्षित गरेको कामको फल भने भोग्नैपर्छ ।

स्तब्ध नागरिक समाजलाई साथ दिन भने अब कोही उपलब्ध हुने छैनन् । राजनीति धर्मराएमा वा गलत बाटोमा गएमा प्रबुद्धहरूले तिनलाई ठेगानमा राख्नुपर्ने हो । पुरातन व्यवस्थामा ठेगानमा राख्ने जिम्मेवारी र शक्ति राजसंस्थामा थियो । त्यो अंकुशको गलत प्रयोग भयो र त्यो निरंकुश भयो भनेर पाखा लगाउने अभियान राजनीतिले सुरु ग¥यो । त्यसलाई नागरिक समाजले साथ दियो । त्यो निरंकुशताको आरोप सही वा गलत के थियो भन्ने चर्चा अब प्रयोजनहीन भइसकेको छ । राजनीतिलाई ठेगानमा राख्ने क्षमता नागरिक समाजसँग छैन । दण्ड र पुरस्कारको प्रयोग राजनीतिले राम्रोसँग गरेको छ । समाज निर्विकार बसेको छ, त्यसैले इमानदार नागरिक समाज अहिले स्तब्ध छ । 

जनता जगाउन नागरिक समाजको देश दौडाहा जारी छ । दलमा आबद्धहरूलाई अनुशासनको डोरीले बा“धेको र राजनीति निरंकुश भएको देखेर अब बिस्तारै के राजनीतिका निमित्त दल आवश्यक छ त भन्ने चर्चा पनि सुरु भएको छ । साउतीको रूपमा संविधानका निमित्त राष्ट्र कि राष्ट्रका निमित्त संविधान भन्ने प्रश्न पनि सुनिन लागेको छ । प्रश्न गर्न जनता उक्साउने पर्याप्त प्रयत्नहरू भइरहेका छन् । यस क्रममा पञ्चायतलगायत हिजोको संस्थापना ढाल्न योगदान दिएका नामहरू प्रयत्नशील छन् । आपैmँले पानी खन्याएर निभाएको चिसो गोल फुकेर आगो निकाल्न उनीहरूलाई कठिन भइरहेको छ । यो कठिनाइ हुनुमा केबल चिसो गोल जिम्मेवार छैन नियत पनि जिम्मेवार छ । उनीहरू पैmलिएको विषको असर कम गर्न भने प्रयत्न गर्न खोज्छन् तर अहिले पनि आप्mनै सोचको प्रतिरूप भएर सोचिदिनुपर्ने दुराग्रह राख्छन् । 

अर्थात्, आपूmले प्रायोजन गरेका प्रश्नहरू मात्र आपूmले भनेकाहरूलाई मात्र सोध्नुपर्ने दुराग्रह प्रस्ट देखिन्छ । अर्थात् केही गरेर आगो सल्केमा पनि निभाउन पानीको भा“डो आपैmँसँग राखेका छन् तर यो काइतेपन ब्यर्थ हु“दै छ । हे आक्रोश त कायम छ, त्यसैले कुनै पनि कुरा कुनै पनि बहानामा त्यो आक्रोश पोखिने गर्छ । चितवन लगायतका जनआक्रोशहरू यसै अवस्थाका परिणाम हुन् । जनता वर्तमानमा ठीक भइरहेको छैन भन्छन् तर यो बेठीक अवस्था उत्पादन गर्ने कारण निर्विकल्प हो बदल्न सकिँदैन पनि भन्छन् । 

नेपाली समाज अब अनुहारविहीन विद्रोहको चरणमा प्रवेश गरिसकेको छ । जे जस्तो मौका भए पनि आक्रोश र त्यसको प्रदर्शन विद्रोहको हदसम्म लगातार भइरहेका छन् । संविधानले खडा गरेका सरकारी वैधानिक संरचनालाई नागरिक अविश्वास गर्दै छन् । यो अवस्थामा नागरिकहरूले विश्वास गर्न नसके पनि हेरौँ न त भन्ने कुनै शक्तिको आवश्यकता छ । के होला त त्यो शक्ति, कस्तो होला त त्यो शक्ति ? अब चिन्तन आवश्यक छ । 

(कार्की विराटनगरबाट लेख्छन् ।)