जब सय वर्षअगाडि अमेरिकी सेनाले रुसमाथि आक्रमण गरेको थियो

वासिंगटन । कसैले पनि तपाईंलाई कुनै हिचकिचाहट पृथ्वीमा हाड कमाउने सबैभन्दा चिसो स्थान साइबेरिया भएको भन्नसक्छ । पहिलो विश्व युद्धभन्दा करिब दुई महिना पहिला सेप्टेम्बर १९१८ मा करिब पाँच हजार अमेरिकी सैनिकको एक टुकुडीलाई उत्तरी रुसको त्यो क्षेत्रमा पठाइएको थियो । यहाँ यी सैनिकहरू र रुसका बोल्सेभिकबीच एक रक्तपात लडाइँ भएको थियो । यो एक मात्र अवस्था थियो जब रुसी क्षेत्रमा अमेरिकी सेनाले युद्धमा भाग लिएको थियो । अमेरिकाको इतिहासमा अब त्यस लडाइँको चर्चा कम हुन्छ । १९१८ को त्यस लडाइँलाई ‘पोलर बियर एक्सपिडिसन’ को नामले जानिन्छ ।

यो लडाइँ र प्रथम विश्व युद्धका क्रममा भएका अन्य घटनाहरूमा हालै एक किताब लेख्ने अमेरिकी लेखक जेम्स कार्ल नेल्सनले यो लडाइँबाट महŒवपूर्ण पाठ सिक्नुपर्ने बताए । बीबीसीसँग कुरा गर्दै नेल्सनले भने, ‘रुसीले यो कुरा भुलेका छैनन् कि कुनै बेला अमेरिकीले उनीहरूमाथि आक्रमण गरेका थिए । तर, निकै थोरै अमेरिकीलाई यो लडाइँबारे थाहा छ ।’ ‘मलाई लाग्छ, उनीहरूलाई थाहा हुनुपर्छ कि, पछि हामीले भियतनाम र इराकमा यस किसिमको मिसन किन देख्यौं, जब अमेरिकाले स्पष्ट उद्देश्यका साथ कुनै अर्को देशमा आक्रमण गर्यो ।’ यस अभियानमा भाग लिने एक सैनिक हेनरी जे कोस्टेलेका अनुसार अझै पनि उनी संशयमा छन्, खासमा त्यहाँ पठाइयो किन ? युद्धको मैदानबाट फिर्ता भएर उनले आप्mनो अनुभवमा आधारित एक किताब लेखेका थिए । सो किताब १९२० मा प्रकाशित भएको थियो ।

एक अप्रत्याशित अभियान

‘पोलर बियर’ नामबाट यो मिसनमा सहभागी सैनिकहरूले आफैँ विश्व युद्ध समाप्त भएको नौ महिनापछि यो मिसन अगष्ट १९१९ मा समाप्त भएको बताएका छन् । आधिकारिकरूपमा ‘उत्तरी रुसमा अमेरिकी अभियान’ नामले जानिने यो अभियानका लागि सैनिकहरूलाई छनोट गर्ने काम १९१८ मा सुरु भएको थियो । त्यसका लागि नाम लेख्ने सैनिकहरूमध्ये धेरैजसो मिसगन र बिस्कोन्सिनबाट थिए । उनीहरूलाई यसको भन्ने पनि थिएन आउने दिनमा के हुँदै छ । नेल्सन लेख्छन्, ‘हामी रुस गएका नै किन ? जुन १९१८ देखि अर्को वर्ष गर्मीको महिनासम्म आर्कटिकको आर्चेन्जलमा फसेका पाँच हजारभन्दा धेरै सैनिकहरू यही प्रश्न सोधिरहेका थिए । उनीहरू एक यस्तो लडाइँ लडिरहेका थिए, सायदै यस्तो कसैले लडेका थिए । त्यो दिन उनीहरूको मनमा जुन प्रश्न थियो, त्यसको उत्तर सायद आजसम्म पनि पाइएको छैन । 

यो कुरा भएको अब एक सय वर्ष भइसकेको छ ।’ अमेरिकी सैनिकहरूले आप्mनो अभियान जुलाई १९१८ मा न्युयोर्कबाट सुरु गरेका थिए । अगष्ट महिनाको सुरुवातमा उनीहरू इंग्ल्याण्ड पुगेका थिए । केही सैनिकहरूलाई लागिरहेको थियो, उनीहरूलाई युद्धको मोर्चामा फ्रान्स पठाइँदै छ, जहाँ जर्मन सेनाले कडा टक्कर दिइरहेको थियो । तर, जब धु्रवीय क्षेत्रमा अभियान चलाउनका लागि चिनिने बेलायती खोजकर्ता सर अर्नेस्ट सैकल्टनले सैनिकहरूलाई तालिम दिन सुरु गरे, उनीहरूले अनुमान लगाए, उनीहरूको भाग्यमा केही अरू नै लेखिएको छ । सैकल्टनले सैनिकहरूलाई निकै चिसो मौसममा बस्ने तरिका सिकाइरहेका थिए ।

यसपछि सेप्टेम्बर १९१८ मा अमेरिकी सैनिक आर्कटिकतर्फ अगाडि बढ्न थाले । आर्कटिक सर्कलदेखि हुँदै त्यसको तल रहेको बन्दरगाह सहर आर्चेन्जल पुगेका थिए । त्यो क्षेत्र उत्तरी रुसको युरोपको नजिकै त्यो स्थानमा थियो जहाँ भिना नदी र हृवाइट सी मिल्छन् ।

हड्डी कमाउने नर्क

रुसको त्यो स्थानमा पहिलादेखि नै फ्रेन्च, स्कटिस र इंग्ल्याण्डका सैनिकहरू मौजुदरूपमा थिए । कोस्टेलो भन्छन्, ‘अवस्था धेरै राम्रो देखिएको थिएन, न त त्यहाँ खानका लागि प्राप्त सामान थियो, न कुनै किसिमको आर्थिक गतिविधि र त्यहाँ हरेक ती वस्तु जो कुनै किसिमले काम आउँथे ती सामान बोल्सेभिकले लिइसकेका थिए ।’ उनी भन्छन्, ‘सबै डुंगा, रेलवेको सामान, अस्पतालमा काम लाग्ने सामान, औषधि, हतियार र गोलाबारुद, खाना, प्रिन्टिङ प्रेसमा राखिने सामान र त्यहाँका धनी मासिहरूसँग रहेको गरगहना सबै बोल्सेभिकले लगिसकेका थिए ।’ 

स्थिति त्यो बेला अझ खराब भयो जब मित्र देशहरूका सेनामा रहेका अन्य कमाण्डरहरूले अमेरिकी सेनाहरूको सबै महŒवपूर्ण सामान र हतियार लिए । त्यसको बदलामा अमेरिकी सैनिकलाई जे मिल्यो, त्यो कपडा, चिसोमा लगाइने खास जुत्ता जो हिउँमा चिप्लिन्थे र जसलाई लगाएर हिउँमा हिँड्न सजिलो हुन्थ्यो । साथै, उनीहरूलाई केही भाँचिएका हतियार, जो रुसीले प्रयोग गर्ने हतियारका नक्कल थिए ।

उनी भन्छन्, ‘हाम्रा मानिसहरूलाई यी हतियारमा रत्तीभर विश्वास थिएन । तर, उनीहरूसँग जे थियो बस सबै यही मात्र थिए । र त्यो अवस्थामा यसैबाट काम चलाउनुपर्ने बाध्यता थियो । जो बन्दुकहरू थिए, ती भाँचिन्थे, जाम हुन्थे र कहिल्यै त गोली निस्के भने पनि निसानामा लाग्दैनथ्यो ।’ छिट्टै त्यहाँ चिसो मौसम सुरु भयो, पहिलादेखि नै खराब अवस्था झन् खराब भयो । केही मिटर चौडा हिउँको च्यादरमा धसेर सैनिकहरू तिसँग लडिरहेका थिए जोसँग राम्रा हतियार थिए । यति मात्र होइन उनीहरूसँग सैन्यबल पनि धेरै थियो । 

कोस्टेलोको शब्दमा अमेरिकी टुकुडी ‘बर्फीलो नर्क’ मा लडाइँ गरिरहेको थियो । नेल्सनका अनुसार उत्तरी रुमि मित्र देशहरूका सेनाका करिब ११ हजार सैनिक थिए, तर उनीहरूको युद्ध करिब ८ हजार बोल्सेभिकसँग थियो । तीमध्ये ४५ हजार आर्चेन्जल नजिकै तैनाथ गरिएका थिए । उनी भन्छन्, ‘मित्र देशका सेनाले एक गल्ती गरे । उनीहरूले यो माने कि चिसो बढेपछि युद्ध कम हुनेछ । र शत्रु सेना आप्mनो स्थानबाट बाहिर निस्कन सक्ने छैन ।’ तर, रुसी सैनिक अधिक व्यवस्थित थिए । 

उनीहरूसँग हिउँमा तीव्ररूपमा चल्ने स्की र चिसोसँग जुध्ने राम्रा कपडा थिए । खासमा चिसोसँगै युद्ध कमजोर हुनुको साटो झन तीव्र भयो । लेखक नेल्सन भन्छन्, ‘यस्तो अवस्था भए पनि अमेरिकी सैनिकहरूले आप्mनोतर्फबाट राम्रो युद्ध लडे र कम ज्यान गुमाएर त्यहाँबाट भाग्न सफल भए । मार्चदेखि अप्रिल १९१९ को बीचमा सात हजार बोल्सेभिकहरूको एक टुकुडीले रेलवे नजिकै मित्र देशहरूको सेनामाथि आक्रमण गरे । यो लडाइँमा करिब दुई हजार रुसी सैनिकको मृत्यु भयो वा घाइते भए वा उनीहरूलाई बन्दी बनाइयो ।’ तर, हरेकपटक मित्र देशहरूका सेनालाई जित्ने मौका मिलेन । जनवरी १९१९ मा आर्चेन्जलदेखि नजिक तीन सय किलोमिटरको दूरीमा एक निर्जन स्थानमा करिब १७०० बोल्सेभिक सैनिकहरूले मित्र देशका ४६ सैनिकमाथि आक्रमण गरे । त्यो लडाइँमा २५ जना अमेरिकी सेनाले ज्यान गुमाए । नेल्सनका अनुसार यो घटना एककिसिमले ‘पोलर बियर एक्सपिडिसन’ अन्त्यको सुरुआत थियो ।

प्रतिक्रान्ति

रुसमा गरिएको यो अमेरिकी सैन्य अभियानको सबैभन्दा ठूलो विरोधाभास यो रहृयोकी खासमा प्रथम विश्व युद्ध समाप्त भएको युद्ध विरामसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि पनि त्यहाँ अधिकांश सैनिकहरूको मृत्यु भएको थियो । त्यसकारण त्यहाँ सैनिकहरूमा चिन्ता त थियो नै, रिस पनि उठेको थियो । उनीहरूले बुभ्mन सकिरहेका थिएनन्, लडाइँ निकै लडिरहनु परेको हो ? त्यसको प्रभाव के भयो भने, त्यहाँ सैनिक विद्रोहका केही घटनाहरू भए । जब सैनिकहरूले मोर्चामा जानबाट अस्वीकार गरिदिए । अमेरिकामा यही विषयलाई लिएर विरोध प्रदर्शन सुरु भयो । सिनेटमा एक प्रस्ताव पनि ल्याइयो, जसको माध्यमबाट राष्ट्रपति थोमस भुड्रो विल्सनमाथि सैनिकलाई फिर्ता बोलाउन दबाब दिइयो । यो प्रस्ताव एक भोटले मात्र रोकिएको थियो । तर, यो प्रश्न जायज थियो कि युद्ध विराममा हस्ताक्षर भएपछि पनि अमेरिकी सैनिक साइबेरियामा के गरिरहेका छन् ? त्यसको सम्बन्ध न त देशमा भइरहेको राजनीतिक परिवर्तनसँग थियो न त मित्र देशहरूका सेनाको काम गर्ने तरिकासँग । 

१९७१ को अन्तिममा सुरु भएको बोल्सेभिक क्रान्ति भ्लादिमिर लेलिनले युद्धबाट आपूmलाई अलग गरेको घोषणापछि समाप्त भएको थियो । त्यसपछि मार्च १९१८ मा जर्मन साम्राज्य, बुल्गेरियाको साम्राज्य, अष्टो–हंगेरी साम्राज्य र अटोमन साम्राज्य र रुसका बीच बे्रष्ट–लितोभ्स्क शान्ति सम्झौता भयो । नेल्सन भन्छन्, ‘यसपछि जर्मनीले आप्mनो सेनको ८० कमानलाई पश्चिमी मोर्चाम पठायो, जहाँ उनीहरूले जुनको सुरुमा एक अर्को अभियान सुरु गरे र आप्mना सबै सैनिकहरूलाई पेरिसभन्दा ५६ किलोमिटर टाढा पु¥याए । 

त्यसले मित्र देशको चिन्ता बढ्यो ।’ उनी भन्छन्, ‘यस्तो अवस्थासँग लड्नका लागि पूर्वी मोर्चाहरूलाई अझ बलियो बनाउने काम सुुरु भयो जसका लागि सेनाहरू रुस पठाइयो । त्यसको उद्देश्य जर्मनीलाई उसको सेना हटाउनदेखि रोक्नु वा बचेका सैनिकहरूलाई पेरिस आसपास राख्नका लागि जर्मनीलाई बाध्य पार्नु थियो ।’ थोमस भुड्रो विल्सनलाई यो सोच मन परेन । र, उनले केही महिनासम्म त्यसको विरोध गरे । तर, जुलाई १९१८ मा त्यसका लागि राजी भए, जब उनलाई बुझाइयो कि मित्र देशहरूले लाखौं डलरका हतियार र गोलाबारुद रुसका लागि रवना गरेका छन् र यो सबै बोल्सेभिक र जर्मन सेनाको हात लाग्नसक्छ । 

लेखक नेल्सनका अनुसार अमेरिकी सेनाले रुसको भित्री मामिलामा दखल दिनुहुन्थेन । तर, जब उनीहरू रुस पुगे उनीहरूले दख्खल दिन सुरु गरे । उनी सम्झाउँछन्, ‘बेलायतीहरूका कारण यस्तो भयो जो रुसमा मित्र देशका सेनाहरूको नेतृत्व गरिरहेका थिए । उनीहरूलाई लाग्थ्यो, त्यहाँ विद्रोहलाई टाल्दै बोल्सेभिकलाई हराउन सम्भव छ । बेलायतीहरूले चेक शासकहरूसँग सम्पर्क गर्न सुरु गरे र पू्र्वकैदीहरूसँग सम्पर्क गर्ने प्रयास गरे । जो साइबेरियाको पूर्वतर्फ थिए ।’

‘बेलायतीहरू उनीहरूलाई खोजेर, उनीहरूलाई फिर्ता बोलाएर सेन्ट पिट्सवर्ग र मस्कोका लागि हुने बोल्सेभिक मार्चको हिस बन्नका लागि तयार गर्ने, यसै तरिकाले रुसी क्रान्तिलाई समाप्त गर्न सकिनेछ ।’ उनी भन्छन्, ‘यसबारे थोमस भुड्रो विल्सनलाई जानकारी दिएन । उनलाई आशंकासमेत थिएन, उनका सैनिकहरूको महिनौसम्म कुन तरिकाले गलत प्रयोग भइरहेको छ । एक किसिमले भन्ने हो भने उनीहरू सैनिक प्रताडनको शिकार भएका थिए एक अनुमानका अनुसार यस पूरा अभियानमा २ सय ३५ अमेरिकी सैनिको युद्धका क्रममा मृत्यु भएको जबकि ७० जनाको मृत्यु आर्चेन्जल पुग्ने यात्राका क्रममा बिरामीबाट भएको थियो । 

जुन १९१९ मा अमेरिका र मित्र देशबीच रुसबाट अमेरिकी सैनिक हटाउने र उनीहरूको स्थानमा बेलायती सैनिक तैनाथ गर्ने सहमति भयो । जुन १९१९ मा अमेरिकी सेना अन्ततः आप्mनो घर फिर्ता हुँदै थियो । जब उनीहरू फिर्ता हुनका लागि कुरिहरेका थिए, त्यो बेला आपूmलाई सम्झिनका लागि एक शब्दको छनोट गरे – ‘पोलर बियर्स’ । (बीबीसीबाट अनुवाद)