बाढीले पानी र विद्युत अवरुद्ध

काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोबाट मुगुको छायाँनाथ रारा नगरपालिकाको जनजीवन प्रभावित भएको छ । ठूलो बाढीले एक मात्र ४८० किलोवाटको गमगाड विद्युत गृहमा क्षति पु¥याउएको छ । खानेपानीको मुहान बगाउँदा नगरपालिकामा हाहाकार भएको छ । मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । शनिबार अपराहृन्न आएको बाढीबाट नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रको इन्टेकमा क्षति पु¥याएको सदरमुकाम गमगढी क्षेत्रमा विद्युत बन्द छ ।  विद्युत अवरुद्व भएपछि जिल्ला सदरमुकाम गमढी अन्धकार भएको छ । 

त्यस्तै, गमगढी बजारका लागि झ्यारी खोलाबाट ल्याइएको खानेपानीको पाइप ठाउँ ठाउँमा बगाएकाले खानेपानीको आपूर्ति बन्द संघीय सांसद गोपाल बमले हिमालय टाइम्सलाई जनाकारी दिएका छन् । उनले आइतबार संसद बैठको विशेष समयमा सरकारलाई जानकारी गराएको र लगत्तै गृहमन्त्रालयमा पुगेर क्षतिको विषयमा जानकारी गराएको बताए । सांसद बमका अनुसार बाढीले छायाँनाथ रारा नगरपालिका क्षेत्रमा रहेका २० वटा पानी घट्ट, दशवटा काठेपुल, दुई वटा झुलुङगे पुल र खेत बगाएको छ ।