काठमााडौं । यस बर्षको मदन पुरस्कार योगेश राजलाई र जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई दिने निर्णय भएको छ ।
मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार पाउन सफल ‘रणहार’का लेखक योगेश राज तथा जगदम्बाश्री पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको गुठीको साधारसभाले योगेश राजलाई ‘रणहार’ पुस्तकका लागि मदन पुरस्कार दिने निर्णय गरेको हो । जगदम्बाश्री भने साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रदान गरिन्छ ।
गुठीले मदन पुरस्कार–२०७५ का लागि सात कृति छनोट गरेको थियो । दुबै पुरस्कारको राशी ४/४ लाख रुपैयाँ रहेको छ ।




















