काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई अमेरिकाले प्रवेशाज्ञा (भिसा) दिन अस्विकार गरेको छ । जसलाई सन्दीपले हेलो सरकारमार्फत गुनासो समेत गरेका छन् ।
क्यारेबियन प्रिमियर लिगको तयारीका लागि सबै प्रक्रिया पूरा गर्दा पनि भिसा नपाएको उनको गुनासो छ । ‘क्यारेबियन प्रिमियर लिगमा जानका लागि अमेरिकन भिसा लिन दूतावास गएको थिएँ, राष्ट्रिय खेलाडी र २०१६ देखि अन्तर्रा्ष्ट्रिय फ्रेन्चाइज क्रिकेटहरुमा सहभागी भइरहेको छु ।
अहिले सिपिएलमा सहभागी हुन जानका लागि दूतावास जाँदा मेरो भिसा अस्वीकृत हुनाले अचम्ममा परेको छु,’ मंगलबार सन्दीपले ट्विटमार्फत भनेका छन्।
यसैबीच काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलाएको छ ।
घटनाक्रमलाई हेर्दा उसले आफ्नो गल्ति स्वीकारगर्दै भिसा दिन सक्ने अनुमान गरिएको छ





















