सगरमाथा : उचाइ र ख्याति

स्वर्गीय डाक्टर हर्क गुरुङले (‘विषय विविध’ पाना ८०÷८१÷८२÷८३ मा लेखेअनुसार) ‘सन् १९५५ मा यसको उचाइ ८,८४० मिटर हो भनेर ठेगान लागेपछि, (सायद यसलाई भनेर लेखकले सगरमाथालाई भन्न खोजेका होलान्) विश्वको सर्वोच्च शिखर घोषित गरियो र उपयुक्त नाउँको खोजी पनि भयो । तर, आजभोलि मान्छेहरूले सगरमाथा र माउण्ट एभरेष्ट भनेर चिन्ने गरेको विश्वको सर्वोच्च शिखरको नाम भने पर्वतारोही तथा खोजकर्ताहरू अनेक अनुमान लगाए, कति पर्वतारोही र खोजकर्ताहरूले त आपैंmले अनेक नामहरू राखे । 

जस्तै, ‘चरी लमेनी’, ‘गौरीशंकर’, ‘देवढुंंगा’, ‘भैरवनाथ’, ‘थर्डपोल’, ‘मितिगुती’, ‘चापोलुङमा’, ‘फेङ’, ‘चोमोलुङमा’, ‘कोमोलुङमा’, ‘झोमोलुङमा’, ‘द गडेस मदर अफ अर्थ’, ‘पृथ्वीकी देवी’, ‘द गडेस मदर अफ स्काइ’, ‘द बास्टर्ड !, ‘सगरमाथा’, ‘माउण्ट एभरेष्ट’ लगायत डेढ दर्जनभन्दा बढी नामहरूले पुकारिएको देखिन्छ सगरमाथालाई । तर, इमान जमानका साथ भन्ने हो भने सगरमाथालाई आदि अनादिकालदेखि त्यही हिमालको वरिपरि बस्दै आएका जस्तै दक्षिणतिर कुुलुङलगायत किराती जातिहरू र शेर्पालगायत अन्य आदिवासी जनजातिहरूले र उत्तरतिर तिब्बतीहरूले सगरमाथालाई ‘चोमोलुङमा’ भन्थे । अभैm पनि कुुलुङलगायत किराती जातिहरू र शेर्पालगायत अन्य आदिवासी जनजातिहरूले र उत्तरतिरका तिब्बतीहरूले सगरमाथालाई ‘चोमोलुङमा’ नै भन्छन्, सगरमाथा होइन । जे होस्, नामको कुरोलाई यही छाडौं । 

सगरमाथाको उचाइका सम्बन्धमा पनि पर्वतारोही तथा खोजकर्ताहरूले अनेकौं उचाइहरू अनुमान लगाएका थिए, दाबी गरेका थिए । कसैले ८,८४० मिटर, ८,८४२ मिटर, ८,८४४ मिटर, कसैले ८,८५० मिटर त कसैले ८,८७२ मिटर (सगरमाथाको यो उचाइ वेस्टर्न–म्यान नामक नक्सामा थियो÷छ) भनेर दाबी गरे । तापनि सन् १९५५ मा पत्ता लागेको ८,८४८ मिटरलाई सगरमाथाको आधिकारिक उचाइ मान्न थालियो । जुन उचाइ सर्भे अफ इण्डियाले पत्ता लगाएको थियो ।

तर, चीन सरकारले सन् २००५ मा सगरमाथाको उचाइ पुनः नापेको थियो । सो नापजाँचअनुसार सगरमाथाको साविक उचाइ ८,८४८ बाट घटेर ८,८४४ मिटर कायम भएको र सोही उचाइलाई आधिकारिक मान्न चीन सरकारले नेपाल सरकारलाई सुझाब पनि ऊ बेलै दिएको हो । तर, हालसम्म नेपालले सन् १९५५ मा कायम भएको ८,८४८ मिटर आधिकारिक उचाइ मान्दै आएको छ । चीन सरकार भने आप्mनो देशतर्पmबाट आरोहण गर्ने सगरमाथा आरोहीहरूलाई दिने प्रमाणपत्रमा सगरमाथाको उचाइ ८,८४४ मिटर लेखेर दिने गरेको छ । हुन त त्यसअघि सन् १९९८ मा अमेरिकाको नेसनल जियोग्राफिक सोसाइटी÷च्यानलल ले पनि सगरमाथाको उचाइ नापेको थियो । नेसनल जियोग्राफिक सोसाइटीले भने सगरमाथाको उचाइ बढेर ८,८५० मिटर बताएको थियो । 

नेपाल सरकारले धेरै ढिला गरी गत वर्ष आप्mनै देशका (नापी विभागका) कर्मचारीहरूलाई सगरमाथाको वास्तविक उचाइ पत्ता लगाउनका लागि एक टोली सगरमाथा र यसको आसपासमा खटाएको थियो । सो टोलीले गरेको सगरमाथाको उचाइलगायतका विषयमा भएको अध्ययन–अनुसन्धान र सूचनाहरूको एक मुष्ठ अध्ययन गरेर ६ महिनापछि सार्वजनिक गर्ने बताएको छ । 

यसरी हेर्दा एकबारको जुनीमा फेरिफेरि नपाइने अमूल्य मानव जीवनको पर्वाह नगरी जीवनमा एकपटक भए पनि विश्वको सर्वोच्च हिमशिखर सगरमाथा अर्थात् चोमोलुङमा चढेर नाम राख्नका लागि विश्वको जुनसुकै देशका पर्वतारोहीहरू लाखौं अमेरिकी डलर खर्च गरेर नेपाल आउनु कुनै अनौठो भएन । वास्तवमा भन्ने हो भने, कुनै पनि देशका पर्वतारोहीहरूका लागि विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा आरोहण गरेर आप्mनो देशमा (हाम्रो देश नेपालमा जस्तो होइन !) मान, सम्मान र इज्जत कमाउने र, आप्mनो देशको विशिष्ट र सम्मानित नागरिक भएर बाँच्ने धोको हुन्छ । जुन धोको पूरा गर्न सक्नु कुनै पनि देशका पर्वतारोहीका लागि अहोभाग्य नै हो ।

हुन पनि हाम्रो देश नेपालको सन्दर्भमा कुरो गर्दा पहिलो पटक सगरमाथा आरोहण गर्ने पनि नेपाली, एकै व्यक्तिले दुईचोटी सगरमाथा आरोहण गर्ने पनि नेपाली, कम उमेरमा सगरमाथा आरोहण गर्ने पनि नेपाली, सबैभन्दा बढी (बुढेसकाल !) उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम राख्नक प्रयास गर्ने पनि नेपाली (स्वर्गीय शैलेन्द्रकुमार उपाध्याय र स्वर्गीय मीनबहादुर शेरचन), एकै व्यक्तिले पाँच पटक सगरमाथा आरोहण गर्ने पनि नेपाली, एकै व्यक्तिले १० पटक सगरमाथा आरोहण गर्ने पनि नेपाली, ११औं पटक, १२औं .. औं …, २१ …. आरोहण गर्ने सबै, सबै नेपाली । 

गएको वसन्त ऋतु (सन् २०१९) मा कामीरिता शेर्पाले एकै सिजनमा दुई पटक (२३औं र २४औं) सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । स्मरणीय छ, केही समयअघि नयाँ पत्रिकासँगको कुराकानीमा कामीरिताले आपूmले कीर्तिमानका लागि भन्दा पनि जीवन निर्वाहका लागि अभैm ५–६ (३०औं) पटक सगरमाथा आरोहण गर्ने बताएका छन् । उनको सफलताका लागि यो अग्रिम शुभकामना । 

तर, हाम्रो देश नेपालमा कामीरिताको मान, सम्मान र इज्जत के छ ? नेपालबाहेक अरू कुनै देशमा भएको भए कामीरिता के हुन्थे ? तर, नेपाल सरकारले उनलाई वास्ता गरेको छ ? उनले सगरमाथा दिवसमा समेत आपैचारिका÷अनौपचारिक निम्तो दिइएन भनी गुनासो गरेका थिए । ल ठिकै छ, नेपाल सरकार त सरकार नै भइहाल्यो ! आम नेपाली नागरिकहरूले पनि कामीरिता शेर्पा हाम्रो देशको गौरव हुन् भनी महुसस गरेका छन् ? कामीरिताले वास्तवमै विश्वमा कमै मान्छेले मात्रै गर्न सक्ने वीरलकोटिको काम गरेका छन् भनी महुसस गरेका छन् ? त्यसो त यहाँ कुरो कामीरिता शेर्पाको मात्रै होइन, ‘हिउँ चितुवा’ उपमा पाएका र पहिलो पटक १०औं पटक सगरमाथा चढेका आङरिता शेर्पाको बुढेसकालको हालत के छ ? न नेपाल सरकारलाई अत्तोपत्तो छ, नेपाली जनतालाई नै ।

अझ पहिलोपटक पाँच पटक सगरमाथा आरोहण गर्ने सुन्दरे शर्पा त आधा उमेर नबित्दै आत्महत्या गर्नु परेको थियो । त्यस्तै ‘स्पिड काजी’ भनी उपनाम पाएका र सबैभन्दा पहिले सबैभन्दा छिटो १८ घण्टामा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका काजी शेर्पा अहिले कहाँ छन् ? कुन हालतमा छन् ? अनि पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाले जीवनको उत्तराद्र्धमा किन भारत पलायन हुनु प¥यो ? बोक्रे र खोक्रो राष्ट्रवादले लैस हाम्रो देशका कथित् राष्ट्रवादी मान्छेहरूसँग शायद माथिका प्रश्नहरूको उत्तर छैन । 

यसरी जबदेखि विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा अर्थात् चोमोलुङमा हो भन्ने पक्का भयो, तबदेखि नै चोमोलुङमा चढेर अनेकौं कीर्तिमानहरू कायम गर्ने होडबाजी पनि सुरु भयो । यस क्रममा सबैभन्दा पाको उमेर, सबैभन्दा कम उमेर, क्यान्सर रोगी, एडस् रोगी, दुवै हात नभएका, दुवै खुट्टा नभएका, अपाङ्ग, दुवै आँखा नदेख्ने, महिला, विवाहित विदेशी जोडी, विवाहित नेपाली जोडी, सगरमाथाबाट बेलुनिङ गरेर बेसक्याम्प झर्ने, स्किइङ गरेर बेसक्याम्प झर्ने, पहिलो नेपाली पत्रकार, पहिलो विदेशी पत्रकार, पहिलो एक्लै (सोलो) सगरमाथा आरोहण गर्ने आरोही, २० घण्टा सगरमाथाको शिरमा बसेर समय बिताउने, बिना अक्सिजन सगरमाथा आरोहण गर्ने, पहिलो भेजेटेरियन, पहिलो किताब विमोचन गर्ने, पहिलो गीति एल्बम विमोचन गर्नेलगायत अनेकौं कीर्तिमानहरू सगरमाथा अर्थात् चोमोलुङमा चढ्ने क्रममा स्थापित भइसकेको छ ।