ऊर्जामन्त्रीले समीक्षा बैठकमा भने, मलाई परिणाम चाहियो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले कार्यसम्पादन सम्झौताको सुरुवात गरेर नयाँ कार्यशैली अपनाएको बताएका छन् । उनले जनताको अपेक्षा पूरा गर्न आफू पनि अहोरात्र खट्ने भन्दै मातहत निकायलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिएका छन् । बिहीबार तेस्रो चौमासिक एवं वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकम उनले परिणाम आउने गरी काम नगरे कसैसँग पनि सम्झौता नगर्ने चेतावनीसमेत दिएका छन् । मन्त्री पुनले भने, ‘चिनेका साथीभाई हुन्, काम गरिहाल्छन् नि भनेर मैले भन्ने अवस्था छैन, मलाई परिणाम चाहिएको छ । परिणाम नदिने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ ।’ मन्त्री पुनले आफू झण्डा हल्लाउनमात्र मन्त्री नभएको भन्दै काम नगरे कसैलाई पनि जिम्मेवारीमा नराख्ने चेतावनी दिएका हुन् । 

उनले भने, ‘काम नगर्ने हो भने पद ओगटेरमात्र बस्न कसैलाई पनि छुट छैन, आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्ने हुँंदैन, सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्ने छैन ।’ 

उनले प्रधानमन्त्री र सरकारको प्राथमिकता भनेको जनताको प्राथमिकता भन्दै सरकारले अघि सारेका योजना मनभित्रैबाट पूरा गर्न निर्देशन दिए । उनले भने, ‘अब प्रक्रियामात्र भनेर हँुदैन, तपाईंहरूले तालिका बनाएरै काम गर्नुप¥यो । सरकारले अघि सारेका कामलाई सफल पार्नु हामी सबैको दायित्व हो ।’ मन्त्री पुनले अब काम नगर्ने कर्मचारीसँग आफूले कुनै पनि हालतमा सम्झौता नगर्ने प्रष्ट बताए । उनले हरेक महिना मन्त्रालयमा समीक्षा बैठक राखेर कामको प्रगति विवरण लिने जानकारीसमेत गराए । 

मन्त्री पुनले अधिकृतभन्दा माथिका कर्मचारीलाई सचिव, मन्त्री वा विभागीय प्रमुखले मन पराए पनि नपराए पनि काम परिभाषित गरेर जिम्मेवारी दिन मातहतका उच्चअ धिकारीलाई निर्देशन दिएका छन् । कागजमा निर्देशन दिने र प्रगति देखाउने प्रवृत्तिलाई निरुत्साहित गर्नेुपर्ने भन्दै उनले राष्ट्रिय गौरवका आयोजनाको हकमा फिल्डमै गएर काम कारबाही बुझ्न र परिणाममुखी काम गर्न उनले आयोजना प्रमुखको ध्यानआकर्षण गराए ।