गत वर्षकै हाराहारीमा रोपाइँ

काठमाडौं । यसवर्ष ढिला मनसुुन सुरु भए पनि राम्रो वर्षा भएका कारण गत वर्षकै हाराहारीमा रोपाइँ भएको छ । साउन १२ गतेसम्ममा देशभर ८०.१८ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ८१.३१ प्रतिशत रोपाइँ भएको थियो । सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ भने सबैभन्दा कम प्रदेश १ मा भएको छ । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार हालसम्म उच्च पहाडी क्षेत्रमा ८४.९२ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ८०.६६ प्रतिशत र तराईमा ७९.७६ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा क्रमशः ८४.७३ प्रतिशत ७९.४९ प्रतिशत र ८१.७८ प्रतिशत रोपाइँ भएको थियो ।

प्रदेशतर्फ, प्रदेश १ मा ७१.६५ प्रतिशत, प्रदेश २ मा ७४.५० प्रतिशत, प्रदेश–३ मा ७८.८३ प्रतिशत, गण्डकी प्रदेशमा ८४.५६ प्रतिशत, प्रदेश ५ मा ८४.६० प्रतिशत, कर्णाली प्रदेशमा ९२.४० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९४.१७ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा क्रमशः ७७.२७ प्रतिशत, ९४.९४ प्रतिशत, ८१.८४ प्रतिशत, ८०.७६ प्रतिशत ८४.९२ प्रतिशत ८४.३९ र ९७ प्रतिशत रोपाइँ भएको थियो । 

हालसम्म देशभर १० लाख ९९ हजार ८६३ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ११ लाख १५ हजार २९० हेक्टरमा रोपाइँ भएको थियो । प्रदेश १ को उच्च पहाडी क्षेत्रमा ११ हजार ५६३ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ११ हजार ८४० हेक्टरमा रोपाइँ भएको थियो । 

त्यस्तै, प्रदेश १ को मध्य पहाडी क्षेत्रमा ४८ हजार ८६८ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ५० हजार ७१० हेक्टरमा रोपाइँ भएको थियो । त्यस्तै, प्रदेश २ मा २ लाख ७२ हजार ३८५ हेक्टरमा रोपाइँ भएको छ भने प्रदेश ३ को उच्च पहाडी क्षेत्रमा १० हजार ५२० हेक्टरमा रोपाइँ भएको छ । मध्य पहाडी क्षेत्रमा ६१ हजार ५९७ हेक्टरमा रोपाइँ भएको छ भने तराईमा १८ हजार ७६६ हेक्टरमा रोपाइँ भएको छ । 

गण्डकी प्रदेशको मध्यपहाडी क्षेत्रमा ७३ हजार ७१ हेक्टरमा रोपाइँ भएको छ भने तराईमा १८ हजार ४८४ हेक्टरमा रोपाइँ भएको छ । प्रदेश ५ को मध्यपहाडी क्षेत्रमा ३२ हजार ४२ हेक्टर र तराईमा २ लाख २४ हजार ८०६ हेक्टरमा रोपाइँ भएको छ । त्यस्तै, कर्णाली प्रदेशको उच्च पहाडी क्षेत्रमा ६ हजार ९१६ हेक्टर र मध्यपहाडी क्षेत्रमा २८ हजार ५५० हेक्टरमा रोपाइँ भएको छ । सुदूरपश्चिम प्रदेशको उच्च पहाडी क्षेत्रमा ११ हजार ९२९ हेक्टर, मध्यपहाडी क्षेत्रमा ३५ हजार २३ हेक्टरमा र तराईमा १ लाख ८० हजार ८२ हेक्टरमा रोपाइँ भएको छ ।

देशभर कुल १३ लाख ७१ हजार ७०६ हेक्टर भूमिमा धानखेती हुने गरेको छ । साउन तेस्रो सातासम्ममा रोपाइँ पूरा हुने अनुमान छ